एजेन्सी । विशेष व्यक्तिमा केन्द्रित रहेर फिल्म बनाउने बलिउड नायकहरुको पुरानै चलन हो । यस्का लागि उनीहरुले गम्भीर अध्ययन गरेर ती पात्रकोरुपमा आफुलाई ढाल्न पनि निकै मेहनत गर्ने गर्छन । तर युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनीमाथि ‘गोरखा’ फिल्म बनाइरहेका बलिउड नायक अक्षयकुमार भने धेरै ठाउँमा चुकेका छन् ।
उनले बनाइरहेको ‘गोरखा’ फिल्ममा खुकुरीको प्रयोग नै गलत भएपछि भारतीय सेनामा गोर्खा रेजिमेन्टको नेतृत्व गरिसकेकाहरुले नै अक्षयको आलोचना गरेका छन् । गोर्खालीको मुख्य हतियार खुकुरीको प्रयोग गनै गलत ढंगले गरेपछि अक्षय कुमार र फिल्म निर्माण टोलीले जारी गरेको पोष्टर नै सच्याउनु परेको छ । खुकुरीको प्रयोगलाई लिएर अक्षयको सामाजिक सञ्जालमा तीब्र आलोचना भएको थियो ।
आनन्द एल राय प्रोड्युसर रहेको फिल्म ’गोरखा’ मेजर इयान कार्डोजोको जीवनीमाथि बन्दैछ र अक्षयले यही कार्डोजोको भूमिका निभाएका छन् । यस फिल्मको निर्देशन सञ्जय पुरन सिंहले गर्दैछन् । आगामी केही महिनापछि यो फिल्मको सुटिङ गर्ने तयारी भइरहेको छ ।
तर हालै सार्वजनिक भएको फिल्मको पोष्टरमा खुकुरीको प्रयोगलाई लिएर पूर्व सैन्य अधिकृतहरुले आलोचना गरेका छन् । पोष्टमा अक्षयले बोकेको खुकुरी नभइ तरबार जस्तो देखिएको छ । उनीहरुले फिल्ममा खुकुरीको सही प्रयोग गर्न आग्रह गर्दै खुकुरी र गोरखाको अपमान नर्गन सुझाव दिएका छन् । उनीहरुले खुकुरी कस्तो हुन्छ भन्दै यस्को सही आकार प्रकार पनि सामाजिक सञ्जालमा राखेका छन् ।
पूर्व गोर्खा सैन्य अधिकारीहरुको आलोचनापछि पोष्टर पनि सच्याइएको छ भने अक्षयले गल्ती देखाएकोमा आभार व्यक्त गर्दै अब यस्तो गल्ती हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
को हुन् मेजर जनरल इयान कार्डोजो ?
मेजर जनरल इयान कार्डोजो भारतीय सेनाका पूर्व सैन्य अधिकृत हुन् । सन् १०७१ मा भएको युद्धमा पाकिस्तानविरुद्ध लड्दा ल्याण्डमाइन विष्फोटमा परि उनी पूर्णरुपमा घाइते भएका थिए ।
उनले आफ्नो खुट्टा समेत गुमाएका थिए । तर खुट्टा गुमाएपनि हार नमानि गोर्खा रेजिमेन्टको सहयोगमा पाकिस्तानविरुद्ध युद्ध लडेका थिए । पाकिस्तानविरुद्धको युद्दमा देखाएको बहादुरीका कारण उनलाई भारत सरकारले सैन्य मेडल पनि दिएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।