- भगतराम थारु
नेपालगन्ज । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ३ बैजापुरका थारु गायक विश्वसागर परियारलाई थारु गीत गायनबाट चर्चा कमाउन सफल भएका छन् ।
बाँकेको विकट क्षेत्र सुगम जिल्लाको दुर्गम बस्तिमा जन्मेका चर्चित थारु गायक परियारले थारु गायनलाई आफूले चर्चामा ल्याएको दावी गर्नुहुन्छ । पछिल्लो समय जताततै विश्वसागर कै गीत गुन्जनुले आफूलाई थारु संस्कृतिलाई जगेर्ना गर्ने झन हौसला थपेको बताउनुहुन्छ ।
थारु गीत संगितबाटै यस क्षेत्रमा हजारौ दर्शकको मन जित्न सफल भएको पाउँदा आफूलाई खुसी भएको महसुस हुनेगरेको गायक परियारले बताउनुभयो । थारु गाउँमा जन्मेहुर्केका गायक परियार थारु गीतलाई निरन्तरता दिने र थारु कला संस्कृतिलाई बचाउने हरसम्भव प्रयत्नरत रहने बताउनुहुन्छ ।
पछिल्लो समय थारु गीतमा थारु भाषाको अपमान हुँदैछ उहाँले भन्नुभयो, थारु गीतमा पनि अचेल अन्य भाषा शब्दहरु मिसाएका हुन्छन यसमा मेरो सहमत नरहेको उहाँले बताउनुभयो । थारु भाषाको गीतमा भोजपुरी, हिन्दी, नेपाली समेत भाषा शव्द प्रयोग गरिन्छ यो सब थारु भाषालाई अपमान गर्ने गरेको उहाँले भन्नुभयो ।
दुई दर्जन बढी थारु गीत संगितमा स्वर दिईसकेका गायक परियार कहाँ जाइतो गोरी लचकाइके कमरिया बोलको गीतबाट आफ्नो गायन क्षेत्रलाई सुरुवात गर्नुभएको थियो । गायक परियार पछिल्लो समयमा थारु गीतलाई प्रथामिकता दिदै थारु गायकको रुपमा स्थापित हुनुभएको छ ।
थारु गायनलाई आफ्नै शव्द, लय र स्वरमा धमाधम गीत निकालिरहनु भएका परियार नयाँ मोडल तथा नयाँ पुस्तालाई लक्षित गरेर गायनलाई अगाडी बढाउने सोच समेत रहेको दावी गर्नुहुन्छ । पछिल्लो समयमा थारु कला संगितमा नयाँ युवा पुस्तालाई समेत भित्राउने उहाँले बताउनुभयो ।
आफु परियार भएकैकारण कतिपय ठाउँमा प्रश्न समेत उठ्ने गरेको सुन्दा चित्त दुख्नेगरेको गायक परियारले भन्नुहुन्छ । थारु गाउँमा जन्मेर होला मलाई थारु संस्कृति नै मनपर्छ । अहिलेको युवा पुस्तालाई मध्यनजर गरेर जस्तोसुकै बर्गलाई लक्षित गरी गायनलाई थप उर्जा बनाउने सोचकासाथ अगाडि बढेको गायक परियारले बताउनुहुन्छ । गायक परियार थारु भाषा र संस्कृतीलाई आसाध्यै माया गर्ने बताउँदै भन्नुहुन्छ ‘थारुकै कोखबाट जन्मेको भए अझै आफूलाई भग्यमानी ठान्ने थिएँ र अरुले मलाई अझ थारु गीत संगितमा अरुको साथ पाउने जिकिर गर्नुहुन्छ ।
आफू परियार भएकैकारण कतिपय ठाउँमा प्रश्न समेत उठ्ने गरेको सुन्दा चित्त दुख्नेगरेको गायक परियारले भन्नुहुन्छ । थारु गाउँमा जन्मेर होला मलाई थारु संस्कृति नै मनपर्छ । थारु संस्कृतिको वेग्लै कथा छ म सधै थारु संस्कृतिलाई माया गर्ने र संस्कृति बचाउनतिर लाग्ने दावी गर्नुहुन्छ गायक परियार ।
गायनतर्फ गाउँबस्ती शहरमा मेरै चर्चा भैरहेको सुन्दा आफूलाई थारु समुदायमा केही गरेकोजस्तो महशुस हुनेगरेको गायक परियारले बताउनुहुन्छ । गायक परियार गायक मात्र नभई मोडेलको भूमिकामा समेत अभिनय गरिसक्नुभएको छ ।
परियार यसअघि दुईवटा थारु फिल्ममा समेत मुख्य कलाकारको भूमिका निर्वाह गरिसक्नुभएको छ । थारु फिल्म बन्दीदी र प्रेमके बस्ति नामक फिल्ममा उहाँको अभिनय देख्न सकिन्छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।