एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागूऔषध केसको कारण विगत १४ दिनदेखि जेलमा छन्।
आर्यन मुम्बई क्रुज पार्टी केसमा पक्राउ परेपछि समस्याको सामना गरिरहेका छन् । बिहीबार बिहान शाहरुख खान छोराको साहस बढाउन आर्थर रोड जेलमा पुगेका छन्। २० अक्टोबरमा सेसन्स कोर्टले आर्यन खानको जमानतको निवेदन खारेज गरिदिपछि आयर्न र उनको परिवारको चिन्ता बढेको छ ।
जेलमा यसअघि कोरोनका कारण आमने–सामने भेटघाट बन्द थियो । शाहरुख खान र गौरी खानले भिडियो कन्फ्रेन्समार्फत छोरासंग कुराकानी गरेका थिए।
बुधबार महराष्ट्रको जेलबाट कैदी र उनको परिवारबीच प्रत्यक्ष भेटघाट गर्न नपाउने नियमलाई हटापछि शाहरुख छोरा आर्यनलाई भेट्न पुगे ।
शाहरुख र आर्यनबीच कुराकानी भएको समयमा बीचमा सीसा राखिएको थियो । दुबैले इन्टरकममार्फत् कुराकानी गरेको बताइएको छ । कुराकानी १६ देखि १८ मिनेटसम्म चलेको जनाइएको छ ।
जेलका कैदीलाई हप्तामा दुई पटक परिवारसंग भिडियो कलमा कुराकानी गर्न अनुमति दिइन्छ । जमानत नपाएका कारण आर्यन निकै चिन्तित छन् र उनले जेलमा सबैसंग कुराकानी बन्द गरेको भारतीय मिडियाले जनाएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।