एजेन्सी । इजिप्टको इस्मालिया महोत्सवमा नेपाली लोकधुन घन्किएको छ ।
इजिप्ट सरकारले २१औं ‘इस्मालिया इन्टरनेसनल फोकलोर फेस्टिबल’ आयोजना गरेको छ । यसमा नेपालले पहिलो पटक भाग लिएको छ ।
महोत्सवमा नेपालसंगै अजबैजान, प्यालेस्टाइन, इन्डोनेसिया, मेक्सिको, जोर्डन र इजिप्टका सात समूह सहभागी भएका छन् ।
इजिप्टका संस्कृतिमन्त्री र इस्मालियाका गभर्नरले सांस्कृतिक सहर इस्मालियाको कल्चरल प्यालेसमा भव्य समारोहका बीच महोत्सव उद्घाटन गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।