काठमाडौं । अक्षय कुमार र क्याट्रिना कैफको फिल्म ‘सूर्यवंशी’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । नोभेम्बर ५ देखि दर्शकमाझ रिलिजमा आएको ‘सूर्यवंशी’ले ६ दिनमा नै बक्स अफिसमा ११२.८१ करोडको आँकडा पार गरिसकेको छ । वीकडेजमा पनि रोहित शेट्टीको यस फिल्मको कलेक्शन राम्रो रहेको छ ।
छ दिनमा कति कमायो ?
सूर्यवंशीले रिलिजमा आएको ५औं दिन १०० करोड क्लबमा इन्ट्रि मारेको थियो । फिल्मले पहिलो दिन अर्थात् शुक्रबार २६.२९ करोड, दोस्रो दिन (शनिबार) २३.८५ करोड, तेस्रो दिन (आइतबार) २६.९ करोड, चौथो दिन (सोमबार) १४.५१ करोडको कमाई गरेको थियो ।
त्यस्तै फिल्मले रिलिजमा आएको पाँचौ दिन (मंगलबार) ११.२२ करोड र छैटौं दिन (बुधबार) १० करोडको कमाई गरेको थियो । योसँगै ‘सूर्यवंशी’को ६ दिनको कुल कमाई ११२.८१ करोड पुगेको छ । फिल्मको वीकडेजको कलेक्शन अनुसार अर्को सातासम्ममा ‘सूर्यवंशी’ले १५० करोड क्लबमा पुग्ने आँकलन गरिएको छ ।
सूर्यवंशीले महाराष्ट्र र गुजरातमा मजबुत कपड बनाएको छ । त्यस्तै फिल्मले ओभरसिजमा पनि राम्रो कलेक्शन गरिरहेको छ । वल्र्डवाइड बक्स अफिसमा भने ‘सूर्यवंशी’ले ५ दिनमा नै १५० करोडको आँकडा पार गरिसकेको छ ।
सूर्यवंशीले १०० करोड क्लबमा इन्ट्रि गरेसँगै रोहित शेट्टीले रेकर्ड बनाएका छन् । योसँगै रोहित शेट्टीको लगातार ९ वटा फिल्महरु १०० करोड क्बलमा सामेल भएका छन् । कप युनिभर्समा रोहित शेट्टीको यो चौथो फिल्म हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।