काठमाडौँ । ७० औं मिस युनिभर्सको उपाधि भारतकी हरनाज सन्धूले जितेकी छिन् । भारतले २१ वर्षपछि पुनः यो उपाधि जितेको हो । यसअघि सन् २००० मा भारतबाट लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् ।
२१ वर्षीया सन्धुले प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका प्रतियोगीहरूलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । पाराग्वेका प्रतियोगी फस्ट रनर अप र दक्षिण अफ्रिकाका प्रतियोगी सेकेन्ड रनरअप भएका थिए । सन्धुलाई मेक्सिकोकी पूर्व मिस युनिभर्स २०२० एन्डिया मेजाले ताज पहिराइदिइन्।
प्रतियोगिता आज बिहान इजरायलको इलातमा सम्पन्न भएको हो । आफूले उपाधि जितेको घोषणा सुन्दा सन्धु स्टेजमै भावुक भएर रोएकी थिइन् । भारतको पञ्जाबकी सन्धू मोडलिङका साथसाथै जनप्रशासनमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।