काठमाडौं । गुरूङ भाषाको ‘चु सैं ङल’ अर्थात् ‘यो मन मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ । ‘होई मेरो संसार’ गीतको अपार सफलतासँगै बिन्ती कुमार गुरूङले ‘चु सैं ङल’ बजारमा ल्याएका हुन् ।
गीतको भिडियो आइतबार भर्जिनियाको सुन्दर शहर आसवर्नमा एक कार्यक्रमकाबीच तमु धीं भर्जिनियाको संयोजनमा सार्वजनिक गरिएको हो । गायक बिन्ती कुमार गुरूङको शब्द, संगीत र स्वरमा सजिएको गीतमा ममता गुरूङको सुमधुर स्वर रहेको छ ।
मोडल उर्मिला गुरूङ र मनोज गुरूङको कुशल अभिनय रहेको गीतको छायाङ्कन गायक बिन्ती कुमारको आफ्नै जन्मस्थल लमजुङको सुन्दर गुरूङ बस्ती डडुवा दुर्छा र करापु गाउँमा छायांकन गरिएको हो । सार्वजनिक गीतमा उर्मिला र मनोजको माध्यमबाट गुरूङ समुदायका युवा युवतीहरुको रमाइलो प्रेमको किस्सालाई रोमान्टिक शैलीमा देखाइएको छ ।
भिडियोको कोरियोग्राफी र निर्देशन साजन गुरूङले गरेका हुन् । टेकमान गुरूङको छायाङ्कन तथा र नेत्र गुरूङको सम्पादन रहेको गीतको भिडियो तमु ल्होछार (पौष १५) तो ल्हो (बाघ वर्ग)को सुखद् आगमनको पूर्व सन्ध्यामा रिलिज गरिएसँगै यसलाई निकै महत्व र चासोका साथ हेरिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।