काठमाडौँ । पुस १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा मिसेस वल्र्ड नेपालको ग्राण्ड फिनाले आयोजना हुँदैछ । यो वर्षबाट नेपालबाट विजेता हुने सुन्दरीले मिसेस वल्र्डमा सहभागिता जनाउने छन् ।
मिसेस इन्टरनेसनल नेपालसँगै एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन् ।
तराईको महिलाको लागि आवाज बन्छु : माधुरी कर्ण
मिसेस नेपाल वल्र्ड २०२१ को ग्राण्ड फिनालेमा माधुरी कर्ण प्रतियोगी नम्बर ७को रूपमा सहभागी भएकी छन् । जनकपुरमा जन्मिएकी माधुरी आफूले वीरगन्जको समेत प्रतिनिधित्व गर्ने गरेको बताउँछन् ।
समग्र मधेसी महिलाको प्रतिनिधित्व गरेर आवाज बन्ने सोचसहित उनी मिसेस नेपालको प्रतियोगीको रूपमा सहभागी छन् । ‘महिला माथि विभेद हुने गरेको छ । अझ हाम्रो समुदायमा त अवस्था झन् दयनीय छ । यही विषयमा म महिलाको आवाज बन्ने सपना बोकेर सहभागी भएकी छु, उनी भन्छिन् ।
भारतको बेंगलोरबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेर नेपाल फर्किएकी उनी एक प्रतिष्ठित कम्पनीमा व्यवसाय विकास व्यवस्थापकको रूपमा कार्यरत छन् । परिवारको साथ कै कारण उनी सौन्दर्य प्रतियोगितामा सहभागी भएको बताउँछन् ।
एक महिनासम्म चल्ने प्रतियोगिताको प्रशिक्षणमा सहभागी छन् अहिले उनी । यो प्रशिक्षणले आफूलाई अझ निखार्न सहायता मिलेको उनको बुझाइ छ । उनले आफ्नो जीतका लागि भोट गरेर विजेता बनाउन आग्रह गरेकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।