काठमाडौं । कीर्तिपुर सिङ्गिङ आइडलको उपाधि कीर्तिपुर नगरपालिका वडा नं, ४ सल्यानका प्रशान्त सुवेदीले जितेका छन् ।
नेपाल संवत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा कीर्तिपुर नगरपालिकाले आयोजना गरेको फाइनल बिहीबार सम्पन्न भएको हो ।
अइडलमा प्रथम भएका सुवेदीले नगद रु ५० हजारका साथै ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तैगरी आइडलमा कीर्तिपुर नगरपालिका वडा नं, ३ का अतुल मानन्धर द्वितीय भएका छन् । उनले नगद ४० हजार प्राप्त गरे ।
कीर्तिपुर नगरपालिका वडा नं ५ का जोन महर्जन तृतीय भएको छन् । उनले नगद ३० हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्नु गरेका छन् ।
कीर्तिपुर नगरपालिकाकामै पहिलो पटक आयोजना गरिएको सिङ्गिङ आइडलमा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा लगायतको उपस्थिती थियो ।
आइडलको फाइनल कीर्तिपुरस्थित सिनेप्लेक्समा भएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।