काठमाडौं । हाँस्य कलाकार सन्तोष पन्तले अर्का कलाकार तथा व्यवसायी अनिल पाण्डेसँग रमाइलो कुराकानी गरेका छन् । कलाकार पन्तले समाजसेवी समेत रहेका अर्का कलाकार पाण्डेसँग रोचक–घोचक तथा समसामयिक विषयमा आधारित रहेर कुराकानी गरेका हुन् ।
‘चुरो कुरो’ युट्युवमार्फत् सार्वजनिक गरिएको उक्त अन्तर्वार्तामा दुई दशक बढी अमेरिकामा विताइसकेका कलाकार पाण्डेले नेपालको राजनीतिक अवस्था नसुध्रिएको कारण प्रवासमा बस्न बाध्य भएको बताएका अछन् ।
अन्तर्वार्तामा क्रममा पाण्डेले देशको माहोल राम्रो बनेको खण्डमा विदेशमा रहेका सारा नेपालीहरु फर्किने र आफ्नो देश बनाउन लागिपर्ने बताएका छन् । विदेशमा रहेका नेपालीहरुलाई नेताहरुले फर्काउन सक्ने अवस्था नभएको कारण देशमा राजा र राजतन्त्रकै आवश्यकता भएको पाण्डेले उल्लेख गरे ।
उनले भनेका छन्, ‘यो कुरा चाँहि यी नेताहरुले गर्न सक्दैनन् । विदेशमा रहेका सबै नेपालीहरुलाई ल्याउनका लागि सबै भन्दा पहिले नेपाली कति, सम्पन्न देशबाहेक अरु विचरा नेपालीहरु त्यही २५/३० हजार रुपैयाँमा होइन कमाउन महिनाको ? ३० हजार, ४० हजार होइन बेसिक गएका नेपालीहरुको ?’
उनले थप भनेका छन्, ‘उनीहरुलाई दिने रोटी, रोजी रोजगारी यही दिनुप¥यो । यो नेताहरुबाट सम्भव छैन । किनभने त्यो उद्योग, कलकारखाना भनेको राजाले बाहेक अरु कसैले खोल्न सकेको छैन । विगतमा पनि खोलेकोलाई यिनीहरुले बन्द गरेर सबैलाई विदेश पठाए, त्यसैले राज संस्था चाहियो ।’
पूरा अन्तर्वार्ता हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्…
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।