काठमाडौं । गायक एकदेव लिम्बूले शारीरिक अशक्त ‘फ्यान’को घरमा गएर गीत गाएपछि माहोल नै भावुक बनाइदिएका छन् । उनले धरानकी एक शारीरिक रुपमा अशक्त फ्यानको घरमै पुगरेर कन्सर्ट झै गीत प्रस्तुत गरे।
कुरो शनिबारको थियो । उनी ‘कन्सर्ट’का लागि धरान पुगेका थिए एकदेव । ‘मनोरञ्जन धमाका’ कार्यक्रमका लागि आफ्नो प्रस्तुति दिन उनी धरान पुगेका थिए । तर अवस्था यस्तो आयो कि उनी आफ्नो ‘डाई हर्ट फ्यान’को घरमा पुग्न बाध्य भए ।
आफ्नो प्रस्तुति सकिएपछि उनले आइतबार धरानको कन्सर्टका भिडियोमा राखे उक्त भिडियोको कमेन्टमा फुङ्सो लिम्बू नामको आइडीबाट एक कमेन्ट आयो ।
कमेन्टमा यस्ताे लेखिएकाे थियो
हेल्लो एकदेव नमस्ते सेवारो । म हजुरको ठूलो फ्यान हो । हिजो धरानमा आउनु भएको थियो । हजुरलाई धेरै हेर्न मन त थियो । हिड्न सक्दिन नि त आएम डिस एवल पर्सन अनि आउन सकिन । धेरै नराम्रो दुख लाग्यो । जिन्दगीमा केही मिस भए झैँ लाग्यो । तर जिन्दगी धेरै लामो छ । कुनै न कुनै दिन हजुरलाई भेट्न पाउँछु होला नी । हजुर धेरै राम्रो लाग्नु हुन्छ । हजुरको संङ धेरै राम्रो लाग्छ । अरु त खोइ के भनौँ । धेरै धेरै मायाँ । हासी राख्नु् क्युट देनिनु हुन्छ ।
उनको फेसबुकमा आएका यो कमेन्टले एकदेव भावुक बने अनि उनले रिप्लाई दिए ।
रिप्लाईमा भने, क्यान यू प्लीज, मलाई डिएम गर्न सक्नु हुन्छ । तपाईको लोकेशन र नम्बर ? म तपाईसम्म पुग्ने कोसिस गर्नेछु ।
यति भनेसी एकदेवले आफ्ना साथीहरुलाई फुङ्सो लिम्बूको ठेगाना र उनको घर पत्ता लगाउन सहयोग माग्छन् । त्यसको केही समयपछि उनीहरु फुङ्सोको घर पत्तो लगाउन पनि सफल हुन्छन् । फुङ्सो लिम्बू धरान–१३ फुस्रेकी १६ वर्षीया भएको खुल्छ । र, तत्कालै साउण्ड सिस्टम र माइक तयार गरेर गाडिमा हाल्छन् । र, फुङ्सोको घरमा पुग्छन् एकदेव र उनका साथीहरु । पुगेपछि फुङ्सोको बारेमा उनकी आमा मञ्जु लिम्बू एकदेवलाई सबै भन्छिन् । अघिल्लो दिनको कन्सर्ट हेर्न नपाएको प्रति फुङ्सोले धेरै आँसु खसालेको सुनाउछिन् । माहोल भावुक बन्छ । यद्यपि फुङ्सो भने खुशीले गदगद हुन्छिन् । उनको खुशीको आँसु खसिरहन्छ ।
त्यतिकैमा एकदेवले आफ्नो गीतहरु ‘तिम्रो मुटुमा’, ‘शिरफूल’ र ‘सिउँदोमा सिन्दुर’ वालेलको गीत सुनाइ दिन्छन् । गीत सुनेपछि फुङ्सोको खुशीको सीमा रहन्न । अनि भन्छिन्, ‘थ्याङ्क यु।’ उनी गीतकाे ताल सँग सँगै नाच्ने काेसिस पनि गर्छिन् ।
एकदेवले उनलाई घडी उपरहार पनि ल्याइदिएका हुन्छन् । र, उनको हातमा घडी लगाइदिन्छन् ।
एकदेवले घरैमा गएर गीत प्रस्तुत गर्दा आमा मञ्जुको आखामा अविरल आँसु झरिरहन्छ । पल्लो कोठमाड गएर उनी धित मरुञ्जेल रुन्छिन् । अनि भन्छिन्, ‘घरमै आएर गाइदिँदा एकदमै खुसी लाग्यो । छोरीका लागि यो सबैभन्दा खुसीको क्षण हो।’
उता एकदेवले पनि फुङ्सोको कमेन्टले आफू भावुक बताउँदै जसरी भए पनि भेट्न चाहेको बताए । उनले घरमै पुगेर प्रत्यक्ष गीत सुनाउन पाउँदा अध्याधिक खुशी भएको प्रतिकृया दिएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।