![](http://thenepalusa.com/wp-content/uploads/2022/01/e0a495e0a4bee0a487e0a4b2e0a580e0a4b2e0a587-e0a4ace0a4a8e0a4bee0a487e0a4a8e0a58d-e0a487e0a4a8e0a58de0a4b8e0a58de0a49fe0a4bee0a497e0a58d.jpg)
काठमाडौं । योङ्ग विजिनेश पर्सन एवंं रियलिटी टीभी स्टार काइली जेनरले सोसल मिडियामा नयाँ रेकर्ड बनाएकी छन् । सोसल मिडिया इन्स्टाग्राममा टीभी स्टार काइली ३०० (तीन सय) मिलियन फलोअर्सको आँकडा पार पहिलो महिला बनेकी छन् । इन्स्टाग्राममा काइलीलाई ३०० मिलियन भन्दा बढीले फलो गरिएको छ ।
योसँगै काइली जेनर इन्स्टाग्राममा सबै भन्दा बढी फलो गरिएको तेस्रो पर्सनालिटी बन्न सफल भएकी छन् । धेरै फलो गरिएको पहिलो नम्बरमा इन्स्टाग्राम अकाउन्ट आफै रहेको छ । जहाँ इन्स्टाग्राम अकाउन्टलाई ४६० मिलियनले फलो गरिरहेका छन् ।
त्यस्तै दोस्रो नम्बरमा फूटबलर क्रिश्टियानो रोनाल्डो रहेका छन् । उनका फलोअर्स ३८९ मिलियन रहेका छन् । काइली जेनरपछि चौथोमा अर्का चर्चित फूटबलर लियोनल मेस्सी रहेका छन् । मेस्सीलाई ३०० मिलियनले फलो गरिरहेका छन्, भने पाँचौंमा हलिउड अभिनेता एवं रेस्लर ड्वाइन ‘द रक’ जोनसन रहेका छन् । उनलाई २८९ मिलियनले फलो गरिरहेका छन् ।
काइली जेनरपछि सबै भन्दा बढी फलो गरिएको अर्का महिलामा पप गायिका अरिना ग्रान्डे रहेकी छन् । त्यसोत, काइली इन्स्टाग्राममा निकै सक्रिय छन् । इन्स्टाग्राममार्फत् नै उनले आफ्नो काइली कस्मेटिक्सको प्रोमोशन गर्दै आएकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।