काठमाडौं । पछिल्लो समय बलिउडका एक्शन अभिनेता जोन अब्राहमले देशभक्ति फिल्मका कारण आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । जोन अब्राहमका केही फिल्महरु सुपरफ्लप भएतापनि उनको साथमा कामको कुनै कमी छैन । कोरोना महामारीको समयमा समेत जोनको तीन–तीन वटा फिल्महरु दर्शकमाझ रिलिजमा आएका थिए ।
यो वर्ष पनि उनको साथमा तीन वटा ठूला फिल्महरुमा पाइप लाइनमा छन् । बीटाउनमा जोन अब्राहमको जुन किसिमको डिमाण्ड छ, त्यसरीनै उनको पारिश्रमिकको ग्राफ पनि बढ्दै गएको छ ।
रिपोर्टका अनुसार जोन अब्राहमले आगामी फिल्म ‘एक विलन रिटन्र्स’का लागि भारी रकम लिएका छन् । त्यसोत, उनले शाहरुख खान र दीपिका पादुकोणको साथमा बनेको ‘पठान’ फिल्मको लागि पनि भारी रकम चार्ज गरेका थिए ।
तीन वर्षमा तीन गुणा बढ्यो जोनको पारिश्रमिक !
बलिउड हंगामाका अनुसार जोन अब्राहमले मोहित सुरीको ‘एक विलन रिटन्र्स’का लागि २१ करोड भारु चार्ज गरेका छन् । सुत्रले भनेको छ, ‘उनको मार्केट रेट माथि उठ्दै गएको छ । बटला हाउसका लागि जुन रकम दिइएको थियो, त्यो सत्यमेव जयतेको भन्दा बढी थियो । सत्यमेव जयतेको–२ को पारिश्रमिक बटला हाउसको भन्दा बढी थियो ।’
उनले थप भनेका छन्, ‘पठानको पारिश्रमिक सत्यमेव जयते–२ को भन्दा बढी छ, भने एक विलन रिटन्र्सको पारिश्रमिक पठान भन्दा बढी छ । पछिल्लो तीन वर्षमा जोनको एक्टिङ फी ७ करोडबाट २१ करोड पुगेको छ ।’
विगत तीन वर्षमा जोन अब्राहमको पारिश्रमिक ३ गुणा बढेको छ । फ्लप फिल्मको बावजुद पनि जोन अब्राहम पब्लिक डिमान्डिङ अभिनेतामध्ये एक हुन् । जोन अब्राहमको आगामी फिल्म ‘एक विलन रिटन्र्स’मा अर्जुन कपूर, दिशा पटानी र तारा सुतारिया पनि मुख्य भूमिकामा छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।