काठमाडौं । साउथका सुपरस्टार अल्लु अर्जुनको हालै रिलिज भएको फिल्म ‘पुष्पा : द राइज’मा प्रस्तुत गरिएको दृश्य वास्तवमा नै देखिएको छ । यो फिल्ममा ‘पुष्पा’ अर्थात् सुपरस्टार अल्लु अर्जुनलाई रक्तचन्दन तस्करीको रुपमा प्रस्तुत गरिएको छ ।
यसैबीच ‘पुष्पा’ फिल्ममा प्रस्तुत गरिएझैँ बहुमूल्य रक्तचन्दनको तस्करीमा संलग्न ५८ जनालाई नेल्लोर पुलिसले पक्राउ गरेकमो छ । संरक्षित जंगलमा रक्तचन्दनका रुख काट्ने काममा संलग्न ५५ जना मजदुर र तीन जना तस्करहरुलाई पक्राउ गरिएको नेल्लोर पुलिसले जनाएको छ ।
सुराकीको आधारमा कारवाही गर्दै आन्ध्र प्रदेश पुलिसले तस्करहरुलाई रापुरको जंगलबाट पक्राउ गरेको बताइएको छ । अबैध रुख कटानीमा संलग्न तस्कर र मजदुरलाई पक्राउ गर्ने क्रममा उनीहरुले पुलिसमाथि ढुङ्गा र बञ्चरोले आक्रमण गर्ने प्रयाससमेत गरेका थिए ।
त्यसोत, अल्लु अर्जुन स्टारर् पुष्पा फिल्ममा पनि ठीक यसरी नै पुलिसमाथि आक्रमण गरिएको दृश्य समेटिएको छ । उक्त रक्तचन्दन तस्करीका मुख्य नाइके भेलोर दामू चित्तुर जिल्लाको बीबीपुरकमा रहेको नेल्लोरका एसपी विजया रावले बताए । उनी पुडुचेरीका कुपन्ना सुब्रमन्यमको सम्पर्कमा थिए ।
उनले यो तस्करीका आफ्ना साला राधाकृष्णनलाई पनि संलग्न गराएका थिए । तस्करहरु २० जनवरीमा मजदुरहरुको साथमा नेल्लोर जिल्लाको गुडुर गएका थिए त्यसपछि रापुरको जंगलमा रक्तचन्दनका रुख काटेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।