काठमाडौं । सुरज पाण्डेको फिल्म ‘परस्त्री’मा अभिनेत्री शिल्पा मास्के फाइनल भएकी छन् । आइतबार ‘परस्त्री’ निर्माण टिमले अभिनेत्री शिल्पासँग सम्झौता गरेको हो ।
सामाजिक सञ्जालमार्फत् निर्देशक सुरज पाण्डेले ‘परस्त्री’का लागि शिल्पा मास्के छानिएकी जानकारी गराएका हुन् । यस अगाडि नै फिल्मको अभिनेताको रुपमा कोशिश क्षेत्री छानिइसकेका थिए ।
अब यस फिल्ममा कोसिश र शिल्पाको अनस्त्रीन रोमान्स देख्न पाइने भएको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म फागुन २९ गतेबाट फ्लोरमा जाने बताइएको छ ।
फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । उनले यस अगाडि ‘लभ लभ लभ’, ‘आमा’, र ‘चिसो मान्छे’ फिल्म बनाएकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।