काठमाडौं । सुनिता बुढा क्षेत्री र कृष्ण बुडाथोकीको नयाँ लोक दोहोरी गीत ‘वनमा मैना छ’ सार्वजनिक भएको छ । रमेश परियारको शब्द तथा संगीत रहेको ‘वनमा मैना छ’लाई कृष्ण केसीले एरेञ्ज गरेका हुन् । गीतलाई कुमार रानाले मिक्सिङ मास्टरिङ गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोलाई कजिस श्रेष्ठले निर्देशन गरेका हुन् । निर्देशक श्रेष्ठको आफ्नै कोरियोग्राफी रहेको गीतको भिडियोमा ओबी रायमाझी, लोशिना लामिछाने र यशु भट्टराई फिचर्ड छन् । राजेश घिमिरेले छायाङ्कन गरेका गीतको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् ।
यसअघि पनि थुप्रै म्युजिक भिडियो तथा गीतहरुमा आवाज दिइसकेका कृष्ण बुढाथोकी विगत लामो समयदेखि अमेरिकामा रहँदै आएका छन् । उनको ‘जादु रैछ मायाको बोलीमा’, ‘संविधान आउँछ बरिलै’ लगायत गीतहरु चर्चित छन् ।
‘वनमा मैना छ’ गीतलाई उनले अमेरिकामै रकेर्ड गराएका हुन् । सुटिङ भने नेपालमै गरिएको हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।