एजेन्सी । हलिउड अभिनेता ब्राड पिटले आफ्नो पूर्वपत्नी एन्जेलिना जोलीविरुद्ध मुद्दा दायर गरेका छन् । सहमति बिनानै चेटो मिरावल (ऋजबतभबग ःष्चबखब)िको आफ्नो सेयर बेचेको आरोप लगाउँदै ब्राड पिटले एन्जेलिना जोलीविरु मुद्दा दर्ता गराएका हुन् । जबकि, ब्राड र एन्जेलिनाले दुवै जनाको सहमति बिना उक्त सेयरको कारोबार नगर्ने सहमति गरेका थिए ।
सम्बन्धविच्छेद हुनुअघि किनेका थिए सेयर
डेली स्टारको रिपोर्टका अनुसार ब्राड पिट र एन्जेलिना जोलीले २०१४ मा विवाह गरेका थिए, भने २०१९ मा छुट्टिएका थिए । त्यसको एक वर्षअघि अर्थात् सन् २००८ मा दुवैले फ्रान्सेली कम्पनी चेटो मिरावलको सेयर किनेका थिए । जसमा विलासी घर र वाइनरी समावेश छ । ब्राड र जोलीको सम्बन्धविच्छेद भइसकेको भएतापनि उनीहरुको सम्पत्तिलाई लिएर अदालती लडाइँ चलिरहेको छ ।
गत वर्ष गरेका थिए सम्झौता
ब्राड र जोली दुवै जनाले उक्त वाइनरीबाट राम्रो आम्दानी गर्दै आएका छन् । त्यसैले आपसी सहमतिबिना कसैले पनि आफ्नो सेयर बेच्न नदिने सम्झौता गरेका थिए । ब्राडका अनुसार उनकी पूर्वपत्नीले गत वर्षको अक्टोवरमा जानकारी नगराई आफ्नो हिस्सेदारी बेचेका छन् । त्यसैले उनी अहलिे अदालत गएका हुन् ।
उक्त वाइनरी ब्राड पिटको ड्रिम परियोजना हो । उनको यो आम्दानीको मुख्य स्रोत पनि हो । पछिल्ला केही वर्षयता वाइनरीबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । एन्जेलिनाले आफूलाई जानकारी नदिई कम्पनीको सेयर बेचेर गल्ती गरेको र आफू चुप नबस्ने अभिनेता ब्राडले बताए । अदालतबाट न्याय पाउनेमा उनको पूर्ण आशा छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।