काठमाडौं । बरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जलि दिइएको छ । श्रद्धाञ्जलिका लागि लामाको पार्थिव शरीरलाई विहीबार राष्ट्रिय नाचघर जमलमा राखिएको थियो ।
संस्कृति पर्यटनमन्त्री प्रेम आले, अग्रज कलाकारहरु, शुभेच्छुक लगाएत आफन्तहरुले लामाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । सो क्रममा पर्यटनमन्त्री आलेले मुलुकलाई चिनाउन लामाले खेल्नुभएको भूमिकाको स्मरण गरे ।
बुधबार बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै घर अगाडि गाडीबाट ओर्लिने क्रममा लडेर लामाको निधन भएको थियो । सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–२ धार्पामा जन्मिएका लामाले धेरै मौलिक लोकगीत गाएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।