- महेश्वर के.सी.
काठमाडाैँ । पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) यही चैत्र १७ देखि २१ गतेसम्म राष्ट्रय सभागृह र पर्यटन बोर्डको सभाहलमा भौतिक रुपमा नै हुने भएको छ ।
यसअघि चैत्र १० देखि १४ गतेसम्म हुने भनिएकोमा प्राविधिक कारणले मिति परिवर्तन गरिएको निफका अध्यक्ष के.पी. पाठकले जानकारी गराए । गत वर्ष चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअल माध्यमबाट गरिएको थियो । यस वर्ष पनि कोरोना जोखिमको कारण महोत्सव भर्चुअल गर्ने तयारी गरिएको थियो । तर कोरोनाको जोखिम कम हुनुका साथै राज्यले पनि सबै गतिविधिहरुलाई खुला गरेकोले अब भाैतिक रूपमै हुने भएकाे हाे ।
महोत्सवमा ३८ देशका ८९ चलचित्रहरू बीच प्रतिष्पर्धा हुने उनले जानकारी दिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री
तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने समेत साेमबार एक पत्रकार सम्मेलनमा जानकारी गराइयाे । यसपटक चलचित्र हलमा भौतिक रुपमा प्रदर्शन हुनुका साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन गरिने जनाइएकाे छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।