काठमाडौं । साउथकी चर्चित अभिनेत्री सामन्था रुथप्रभु आफ्नो आगामी फिल्म ‘यशोदा’मा खतरनाक स्टन्टका साथमा देखिने भएकी छिन । सामन्थालाई स्टन्ट र एक्सनमा तालिम दिनका लागि हलिउडका चर्चित स्टन्टम्यान यानिक बेनलाई ल्याइएको बताइएको छ ।
त्यसोत, यसअघि नै अभिनेत्री सामन्थाले यानिकसँग लोकप्रिय वेब सिरिज ‘द फ्यामिली म्यान–२’मा काम पनि गरिसकेकी थिइन् ।
हलिउड स्टन्ट म्यानसँग काम गर्ने
‘यशोदा’ फिल्ममा अभिनेत्री सामन्था मुख्य भूमिकामा देखिने भएकी छन् । सामन्था यानिक बेनसँग फेरि काम गर्न निकै उत्साहित छन् । सामन्थाले यानिक बेनसँगको आफ्नो तस्वीर पनि पोष्ट गरेका छन्, जसले निकै चर्चा कमाइरहेको छ ।
‘यशोदा’लाई चर्चित निर्देशक जोडी हरि–हरिशले निर्देशन गर्दैछन् । शिवलेन्का कृष्ण प्रसादद्वारा निर्मित ‘यशोदा’मा तमिल अभिनेत्री वरलक्ष्मी सरथकुमार पनि महत्त्वपूर्ण भूमिकामा देखिने बताइएको छ ।
निर्माण पक्षका अनुसार ‘यशोदा’ एक साइन्स फिक्शन–थ्रिलर फिल्म हो, जसको कुल बजेट ३० करोड रहेको छ । श्रीदेवी मुभिजको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई पान इन्डिया स्तरमा रिलिज गरिने भएको छ । यो तमिल, तेलुगु, मलयालम र कन्नडका साथै हिन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।
कति लिइन् पारिश्रमिक ?
मिडिया रिपोर्टका अनुसार सामन्थाले यो फिल्मका लागि ३ करोड भारु पारिश्रमिक लिएकी छिन् । यसअघि उनले एउटा फिल्मका लागि २ करोड भारु लिने गरेकी थिइन्, तर ‘द फ्यामिली म्यान–२’ को सफलतापछि उनले आफ्नो पारिश्रमिक बढाएकी बताइएको छ ।
सामन्था पछिल्लो पटक फिल्म ‘पुष्पाः द राइज’मा देखिएकी थिइन् । उनले आइटम गीत ‘ओ अन्तावा’ मा धमाकेदार नृत्य गरेकी छन् । यो एउटा गीतका लागि सामन्थाले १.५ करोड भारु लिएकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।