काठमाडौं । अभिनेत्री प्रियंका कार्की प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यालयमा पुगेर डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को विज्ञापन दिएकोबारे स्पष्टीकरण दिएकी छन् ।
आफ्नो तस्वीर दुरुपयोग गरी कसैले उक्त भिडियो बनाएको स्पष्टीकरण दिँदै दोषीलाई कारबाही गर्न अभिनेत्री कार्कीले माग गरेकी छन् ।
उनले आफूलाई प्रहरीले नबोलाएको र आफैँ त्यहाँ पुगेको पनि बताएका छन् । उनका अनुसार फोटो दुरुपयोग गरी प्रचार गरिएपछि प्रहरीलाई छानविन गर्न सघाउन पुगेकी हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।