काठमाडौं । तेलुगु अभिनेत्री गायत्री उर्फ डाँली डी क्रुजको सडक दुर्घटनामा मृत्यु भएको छ । गत शुक्रबार राति हैदराबादको गाचीबोवली इलाकामा कार दुर्घटनामा २६ वर्षीया तेलुगु अभिनेत्री डाँली डी क्रुजको मृत्यु भएको हो ।
अबेर रातिसम्म होली पर्वको सेलिब्रेशनमा रमाएका डाँली डी क्रुज र उनका साथी राथौड घर फर्किने क्रममा सडकमा राखिएको डिभाइडरमा कार ठोक्किदा दुर्घटना भएको बताइएको छ । रिपोर्टका अनुसार उक्त कारमा सवार राथौडको पनि मृत्यु भएको छ ।
दुर्घटना हुनु अगावै उनीहरु सवार कार कन्ट्रोल भन्दा बाहिर गइसकेको कारण डिभाइडरमा ठोक्किन पुगेको बताइएको छ । अभिनेत्री गायत्री (डाँली डी क्रुज)को घटनास्थलमै मृत्यु भएको थियो, भने गम्भीर घाइते उनका साथी राथौडलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको थियो । तर, अस्पताल पु¥याउनसाथ उनको पनि मृत्यु भएको अस्पतालले घोषणा गरेको बताइएको छ ।
रिपोर्टका अनुसार उनीहरु सवार कार डिभाइडरमा ठोक्किनु अगाडि नै सडकमा हिँडिरहेकी ३८ वर्षीया एक महिलासँग ठोक्किएको थियो । उक्त महिलाको पनि अभिनेत्री डाँली डी क्रुजसँगै घटनास्थलमै मृत्यु भएको थियो ।
गायत्री उर्फ डाँली डी क्रुजले सुरुवातमा आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोष्ट र युट्युव च्यानल ‘जलसा रायुडु’मार्फत् लोकप्रियता कमाएकी थिइन् । सोसल मिडियामा चर्चित बनेपछि उनले वेब सिरिज ‘मैडम सर मैडम अंते’मा अभिनयको अपर पाएकी थिइन् । यसका साथै उनले कयौं शर्ट फिल्महरुमा पनि काम गरेकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।