काठमाडौं । अमेरिका पुगेपछि पनि गायक तथा संगीतकार डीबी बराइली नेपाली गीत–संगीत र साहित्यमा उत्तिकै सक्रियता देखाइरहेका छन् । अमेरिकाको व्यस्त दैनिकीमा पनि गायक तथा संगीतकार बराइली गीत–संगीतका गतिविधिमा निरन्तर लागिपरेका छन् ।
यसैबीच ‘द जर्नी’ नामक गिती एल्बम बजारमा ल्याएका डीबी बराइलीले ओहाएको कोलम्बस शहरमा एकल साँझ सम्पन्न गरेका छन् । सो अवसरमा गायक बराइलीले आफ्नो गिती एल्बमको लोर्कापण पनि गरेका छन् ।
ठूलो संख्यामा उपस्थित भएका संगीतकर्मीहरुको माझमा गायक बराइलले लोकार्पण गरेको गिती एल्बम द जर्नीमा ८ वटा गीत समावेश छन् । जसको भिडियोको निर्माणको काम पनि भइरहेको सो अवसरमा जानकारी गराइयो ।
पाश्व गायनका लागि उत्कृष्ट लाग्ने उनको स्वरलाई दर्शकहरुले खुलेरै प्रशंसा गरे । न्याउली होम केयर एलएलसीको प्रयोजनमा सम्पन्न कार्यक्रमबाट राम्रो प्रतिक्रिया पाएको गायक तथा संगीतकार बराइलीले बताए ।
भुटनिज अमेरिकन म्यूजिक एसोसियसनको सह प्रायोजनमा सम्पन्न भएको कार्यक्रममा ठूलो संख्यामा नेपाली भाषी संगीतप्रेमीको उपस्थिति रहेको थियो । हाल अमेरिकाको टेक्सासमा बस्दै आएका गायक बराइलीको बहुचर्चित बलिउड गायक उदीत नारायण झासँग मिल्दो जुल्दो स्वर भन्दै कैयौँले उनको गायनको तारिफ गर्ने गरेका छन् ।
सो अवसरमा बरिष्ठ तबलाबादक प्रमोद उपाध्याय, किबोडिस्ट गणेश गजमेर, बरिष्ठ बाँसुरीबाधक राम सिंह लगायतका बाध्यबादकहरुको उपस्थिति रहेको थियो । गायक तथा संगीतकार बराइलीले आगामी दिनमा पनि एकल साँझ कार्यक्रमलाई निरन्तरता दिने बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।