काठमाडौं । आविष्कार कला पेशाले सरकारी कर्मचारी हुन् तर, चिनारीलेचाहीँ ज्यादा साहित्यकार । भनौँ न नाम एक तर परिचयचाहीँ बहु । उनै आविष्कार कलाले शब्दमार्फत् देशको पीर, मर्का र वर्तमान अवस्थालाई जस्ताको तस्तै उनेको एउटा गीत लिएर पाठकमाझ आएका छन् ।
गीतको बोल रहेको छ– ‘यहीँ माटोमा’ । गीतजस्तो त्यस्तै साधारण जीवनका धनी जनगायक जीवन शर्माले ‘यहीँ माटो’मा स्वरसँगै संगीत भरिदिएका छन् । भिडियो गीतको एरेन्ज नारायण दंगालले गरेका छन् भने एडिटिङ तुलसी बास्कटोले गरेका छन् । गीत जनगायक शर्माको आफ्नै युट्युब च्यानलमार्फत हेर्न सकिने छ ।
४ मिनेट ४४ सेकेन्डको भिडियोमा देशको सुन्दरता, भाषा, संस्कृति, फैलिएको विकृति, देशको आर्थिक स्थिति रेमिट्यान्समा निर्भरतालाई प्रष्ट रुपमा चित्रण गरिएको छ ।
गीतले विशेषगरी नेपाली युवाहरु विदेशिनु पर्ने तितो यथार्थलाई बडो मार्मिक ढंगले भनेको छ । बरु देशमै यसको विकल्प खोजी मीठो मसिनो खाएर जिउन गीतले सन्देश दिएको छ ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला :
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।