काठमाडौं । साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफः च्याप्टर २’ दर्शकमाझ रिलिज हुन केही दिन मात्रै बाँकी छ । फिल्मको हालै सार्वजनिक ट्रेलरलाई दर्शकहरुले निकै रुचाएका छन् । पहिलो भागको अपार सफलतालाई मध्यनजर गर्दै ‘केजीएफ’को सिक्वेल ठूलो मात्रामा बनाइएको छ ।
यो फिल्मका लागि मुख्य कलाकार यश र सञ्जय दत्तले निर्मातासँग मोटो रकम लिएका छन् । आफ्नो भूमिकाका लागि कुन स्टारले कति पारिश्रमिक लिए ?
कोइमोईको एक रिपोर्ट अनुसार अभिनेता यशले ‘केजीएफः च्याप्टर १’का लागि १५ करोड भारु लिएका थिए । त्यस्तै उनले ‘केजीएफः च्याप्टर २’ का लागि आफ्नो पारिश्रमिक दोब्बर लिएका छन् । यशले यस फिल्मका लागि निर्माताहरुबाट ३० करोड पारिश्रमिक लिएका छन्, जुन बाँकी स्टारकास्टको भन्दा धेरै गुणा बढी हो ।
सञ्जय दत्तले कति लिए ?
बलिउडका मुन्ना भाई सञ्जय दत्त पनि ‘केजीएफः च्याप्टर २’ को एक महत्वपूर्ण कलाकार हुन् । यो फिल्ममा यश र सञ्जय दत्तबीच चर्को प्रतिस्पर्धा हुने भएको छ । यस फिल्ममा सञ्जय दत्त डरलाग्दा खलनायक ‘अधिरा’को भूमिकामा देखिनेछन् । यस नेगेटिभ क्यारेक्टरका लागि उनले ९ करोड पारिश्रमिक लिएका छन् ।
रविना–श्रीनिधिले कति लिए ?
मिडिया रिपोर्टका अनुसार रविना टण्डनले फिल्म ‘केजीएफः च्याप्टर २’का लागि १.५ करोड भारु लिएकी छिन् । फिल्ममा उनी प्रधानमन्त्री रमिका सेनको भूमिकामा देखिनेछन् । योसँगै श्रीनिधि शेट्टीले पनि फिल्मका लागि ३ करोड पारिश्रमिक लिएकी छिन् ।
प्रकाश राजले लिए ८० लाख
प्रकाश राज बलिउडका साथै साउथ सिनेमामा निकै सक्रिय छन् । यशको फिल्ममा उनी महत्वपूर्ण भूमिकामा देखिनेछन् । स्रोतका अनुसार उनले आफ्नो भूमिकाका लागि ८० लाख रुपैयाँ लिएका छन् ।
केजीएफः च्याप्टर २ यही अप्रिल १४ बाट दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्मले पनि राम चरण र जुनियर एनटीआर स्टारर् ‘आरआरआर’ले जस्तै बक्स अफिसमा धमाका मच्चाउने आक्लन गरिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।