काठमाडौं । साउथका सुपरस्टार राम चरण र जूनियर एनटीआर स्टारर् एसएस राजामौलीको ‘आरआरआर’ले विभिन्न रेकर्ड तोडेको छ । फिल्मले वल्र्डवाइड १००० करोडको कलेक्शन गर्दै नयाँ रेकर्ड नै कायम गरेको छ । विशेषगरी कोरोना महामारीपछि फिल्मले नयाँ उचाइ छोएको छ, जसका कारण भारतमा मात्रै नभई विश्वभर नै यो फिल्मले तहल्का मच्चाएको छ ।
हालै मेगा पावर स्टार राम चरणलाई बलिउड फिल्मलाई दक्षिणमा किन यति धेरै तारिफ हुँदैन ? भन्ने प्रश्न सोधिएको थियो । सुपरस्टार राम चरणले साउथ फिल्म र यसको सिमानाबारे खुलेर कुरा गरेका छन् ।
उनले भनेका छन्, ‘मलाई हिन्दी फिल्मको निर्देशक चाहिएको छ, जसले दक्षिणलाई पनि पूर्ति गर्ने प्यान इन्डिया फिल्म बनाउछ ।’ त्यस्तै सलमान खानले पनि ट्वीट गर्दै भनेका छन्, ‘मलाई राम, राजामौली र तारकको काम मनपर्छ तर साउथमा हाम्रा फिल्म किन कदर गरिदैन ?’
प्रतिउत्तरमा राम चरणले थप भनेका छन्, ‘उनको कुरा एकदम स्पष्ट र इमान्दार छ, तर मलाई विश्वास छ कि यो सलमानजी को दोष वा कुनै फिल्मको दोष होइन । हाम्रो फिल्म यता पनि हेरिनुपर्छ र उता पनि हेरिनुपर्छ, यी सबै कुराको सीमाहरु निर्देशकले उठाउनुपर्छ ।’
उनले थपे, ‘हरेक लेखकलाई विजयेन्द्र प्रसाद (आरआरआर) अर्थात् राजामौलीले जस्तो फिल्महरु लेख्नुपर्छ । र, भन्नुपर्छ, ‘यसमा विश्वार गर्नुहोस् ।’
राम चरणले थ पभने, ‘पक्कै पनि म एउटा भारतीय फिल्म बनाउन चाहन्छु, जहाँ म बलिउडका प्रतिभासँग काम गर्न चाहन्छु । म चाहान्छु कि निर्देशकहरूले साउथबाट प्रतिभा खोजेर ठूला फिल्महरू बनाओस्, ताकि हामीसँग ठूलो बजेट छ र हामीले दिनको अन्त्यमा ठूला संख्याहरू देख्न सक्छौं ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।