काठमाडौँ । नयाँ वर्षको अवसर पारेर गायक मन राज प्ल्हेमे गुरुङले ‘है माया’ गीतको म्यूजिक भिडियो बजारमा ल्याएका छन् । गायक मन राजकै शब्द तथा संगीतमा तयार पारिएको गीतको निर्देशन पनि गायक स्वयमले नै गरेका हुन् ।
जापनाको टोकियोका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा चर्चित टिकटक स्टार रबिन श्रेष्ठ र रमिला श्रेष्ठ फिचर्ड छन् । भिडियोमा अध्ययनका लागि जापान पुगेका एक जोडी दिक्षान्त समारोह पश्चात लामो समयपछि भेट्ने क्रममा एकोहोरो मायामा रुमलिएको प्रेम कथालाई देखाउन खोजिएको छ ।
रबिन र रमिलाका अलावा योकृस सुवेदी, राम खत्री लक्की, अमृता श्रेष्ठ, दिव्या तामागं, सुरज मोक्तान र पारु लामाको पनि अभिनय रहेको भिडियोलाई जापनाको टोकियोका रमणीय स्थानहरुमा बिनम खत्रीले छायांकन गरेका हुन् ।
जन्मथलो छाडेर जापानलाई कर्मथलो बनाइरहेको केही नेपाली संगीतप्रेमी युवाहरुले संचालनमा ल्याएको च्यानल हो आरपीएन एचडीबाट रिलिज गरिएको छ । जापानमा रहेरपनि नेपाली गीत संगीतको क्षेत्रमा सक्रियता देखाउँदै आएको उक्त समूहले फेरिअर्को नयाँ गीत हे मैया बजारमा ल्याएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।
यसअघि सोही समूहले चोखो मायामा, उस्को याद, चौतारीका बर पिपल जस्ता गाीतहरु दर्शकमाझ ल्याएको थियो । जुन खुबै रुचाइएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।