काठमाडौं । भर्खरै वैवाहिक बन्धनमा बाँधिएका अभिनेता राणवीर कपूर र आलिया भट्टको आगामी फिल्म ‘ब्रह्मास्त्र’ हो । पछिल्लो समय रणवीर–आलिया ‘ब्रह्मास्त्र’ फिल्मका कारण पनि निकै चर्चामा रहेका छन् । यसै फिल्ममार्फत् रणवीर–आलिया पहिलो पटक एकसाथ देखिदैछन् ।
यो फिल्मका लागि लागि रणवीर र आलियासँगै सबै कलाकारहरुले करोडौं पारिश्रमिक लिएका छन् । कुन कलाकारले कति पारिश्रमिक लिए ?
रणवीर कपूरः
बलिउड लाइफका अनुसार रणवीर कपूरले सबैभन्दा बढी पारिश्रमिक लिएका छन् । उनले निर्माताहरुबाट २५ देखि ३० करोड रुपैयाँ असुल गरेका छन् ।
आलिया भट्टः
त्यस्तै, रणवीर कपूरकी श्रीमति आलिया भट्टले यो फिल्ममा आफ्नो भूमिकाका लागि १० देखि १२ करोड रुपैयाँ लिएकी छन् ।
अमिताभ बच्चनः
बलिउडका मेगास्टार अमिताभ बच्चन पनि फिल्म ‘ब्रह्मास्त्र’मा महत्वपूर्ण भूमिकामा देखिने भएका छन् । रिपोर्टका अनुसार बिग बीले ८ देखि १० करोड रुपैयाँ पारिश्रमिक लिएका छन् ।
मौनी रायः
त्यस्तै यो फिल्ममा सुन्दर अभिनेत्री मौनी रोय पनि मुख्य भूमिकामा छन् । उनले आफ्नो भूमिकाका लागि निर्माताबाट ३ करोड रुपैयाँ लिएका छन् ।
नागार्जुनः
रणवीर र आलियाको यो फिल्ममा साउथ सुपरस्टार नागार्जुनले क्यामियो गर्दैछन् । रिपोर्टका अनुसार उनले ९ देखि १० करोड रुपैयाँ शुल्क लिएका छन् । फिल्म ‘ब्रह्मास्त्र’ सेप्टेम्बर ९, २०२२ बाट दर्शकमाझ रिलिजमा आउने बताइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।