काठमाडौं । गायिका मिलन नेवारको स्वर रहेको ‘हाँस तिमी’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार गीता गिरीको शब्द रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ, भने विसन मानन्धरले संगीत संयोजन गरेका छन् ।
गीतको भिडियोमा सिर्जना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । हेयर स्टाइलिस्ट समेत रहेका राई अभिनयमा विशेष रुची राख्छन् । मोरङका राई ६ वर्षदेखि बेलायतमा रहँदै आएका छन् ।
त्यस्तै मोडल सिर्जना निङ्लेखुले यसअघि ‘फूलहरु मगमग’, हाँस तिमी हजार चोटी बोलको गीतको भिडियो बजारमा ल्याएकी थिइन् । रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सिर्जनालाई थिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव संगालिसकेकी सिर्जना आफ्नो पछिल्लो कामको नजिता देखेर निकै खुशी छिन् ।
त्यस्तै गीतकार गिरीको यस अगाडि ‘ए पहरी फूल’ बोलको गीतले चर्चा कमाउन सफल भएको थियो । बेलायतका रमणीय स्थानहरुमा छायाङ्कन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।
भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन रहेको छ । प्रवासबाट सर्वाधिक धेरै र स्तरीय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायांकन गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।