काठमाडौं । साउथका सुपरस्टार राम चरण र जुनियर एनटीआर स्टारर् दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले विश्वभर आतंक नै मच्चाएको थियो । यो फिल्मले कमाईको कयौं रेकर्डहरु तोडेको छ । अब ‘आरआरआर’ चाँडै नै ओटीटीमा रिलिज हुने भएको छ ।
बाहुबली फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ थिएटरहरूमा धमाका मच्चाइसकेपछि अब ओटीटीमा पनि धमाका मच्चाउन तयार छ । रामचरण तेजा, जूनियर एनटीआर र आलिया भट्टको मुख्य भूमिका रहेको ‘आरआरआर’ले बक्स अफिस कमाईको नयाँ रेकर्ड बनाएको थियो ।
राजामौलीले पनि यो फिल्म निकै भव्य स्तरमा रिलिज गरेका थिए । ‘आरआरआर’को हिन्दी संस्करण २५० करोडको क्लबमा सामेल भएको छ । २४ मार्च २०२२ बाट ‘आरआरआर’ थिएटरमा रिलिज भएको थियो । फिल्मले विश्वभर ११ सय करोडभन्दा बढी कमाइसकेको छ ।
दुई ओटीटी प्लेटफर्ममा रिलिज गरिने
अझैँपनि यो फिल्म कयौंले हेरेका छैनन्, निर्माताहरूले त्यस्ता व्यक्तिहरूका लागि ओटीटीको सुविधा ल्याइरहेका छ । मिडिया रिपोर्टका अनुसार, आरआरआर दुई फरक ओटीटी प्लेटफर्महरूमा रिलिज हुनेछ ।
एक प्रतिवेदनले भाषा अनुसार ओटीटीमा आरआरआर जारी गर्ने निर्णय गरेको दाबी गरेको छ । आरआरआर कन्नड, तमिल, तेलुगु र मलायालम भाषाहरूमा जेडईई ५ मा रिलिज हुनेछ । त्यस्तै आरआरआर हिन्दीमा नेटफ्लिक्समा रिलिज हुनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।