काठमाडौँ । चर्चित लोकगायक नवीन पौडेलले राजधानीमा एक सांगीतिक प्रस्तुति दिएका छन् । शुक्रबार साँझ स्काई दरबार क्याफेमा आयोजित एक सांगीतिक कार्यक्रममा उनले आफ्ना चर्चित गीत संगीतबाट प्रस्तुित दिँदै दर्शकहरूलाइ नचाएका हुन् ।
सिंहदरबार मुलगेट अगाडि (बग्गिखाना ट्रायल दिने स्थान) मा शुक्रबार साँझबाट संचालनमा आएको ‘स्काई दरबार क्याफे’ उद्घाटनमा गायक पौडेलले ‘मन परेरै हो, मन परेरै हो- मैले तिम्लाइ हेरेको मन परेरै हो’, ‘लेउ खुकुरी लेउ’, ‘के सम्झनु छ र जान्न म त त्यो घर’, ‘फुलेको तोरीलाई हुर्किएकी छोरीलाइ जोगाउनै गाह्रो’ लगायत गीत प्रस्तुत गर्दा दर्शक झुमेर नाचेका थिए ।
करिब डेढ घन्टा चलेको कार्यक्रममा हाँस्यकलाकार एवं जादुगर राजेन्द्र गिरी ‘गुन्द्रुके’ ले कमेडी तथा जादुका विभिन्न प्रस्तुति मार्फत दर्शक हसाए ।
अभिनेता आमेस भण्डारी, अभिनेत्री खुस्बु खड्का, गायिका एन्जिला रेग्मी, फिल्म निर्देशक डा. घनश्याम खतिवडा, अभिनेता कृष्ण मल्ल, रविन्द्र खड्का लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।
सय रूपियाँमा हरेक परिकार
‘स्काई दरबार क्याफे’ सुभाष खड्काले संचालनमा ल्याएका हन् । खानाका प्रति परिकार एकसय रुपैयाँमा दिने सुविधासहित क्याफे संचालनमा आएको हो ।
‘क्याफेमा एक सय परिकारका आइटम छन् । ती सबै खानाका परिकारहरु प्रति परिकार एक सय रुपैयाँका दरले खान पाइने सञ्चालक खड्काले बताए ।
‘आफूले नाफाका लागि भन्दा पनि सेवाका लागि क्याफे सञ्चालनमा ल्याएको उनले जानकारी दिए । क्याफेसँगै तीन हजार क्षमताको स्काई दरबार ब्याङ्केट समेत रहेको छ । जुन खड्काले केही समय अगाडि सन्चालनमा ल्याइसकेका छन् । यसको अलवा स्काइको नामबाट सामाखुसी स्काइ ब्याक्वेट्स एण्ड रेस्टुरेन्ट, लर्ड प्यालेस ब्याङ्क्वेट्स टोखारोड, स्काइ जोन पार्टी प्यालेस एण्ड रेस्टुरेन्ट धुम्म्बाराही लगायतका स्थानमा क्याफे र ब्याङ्केट समेत संचालनमा ल्याएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।