काठमाडौं । सुनिल गिरीको ‘सोल्टिनी क्या राम्री’ ट्रेण्डिगंको दुई नम्बरमा उक्लिएको छ । शुक्रबार रिलिज गरिएको गीतको भिडियो यो समाचार तयार पार्दासम्म करिब ६ लाखले हेरेका छन् ।
गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट बजारमा आएको भिडियो सोल्टिनीको तेस्रो सिरिज हो । जसमा गायक गिरीकै शब्द सृजना, संगीत र स्वर छ भने एरेन्ज कृष्ण विकले गरेका छन् ।
प्रेम र रोमान्सलाई कलात्मक शैलीमा देखाइएको भिडियोमा पछिल्लो समयकी लोकप्रिय नायिका मिरुना मगरसँग गणेशमान घलेले अनस्क्रिन रोमान्स गरेका छन् ।
५०० बढी गुरुङ बस्ती रहेको लमजुङको भुजुङ गाउँमा छायांकन गरिएको सोल्टिनी क्या राम्रीको छायांकन विवेक विकले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोको निर्देशन गायक गिरी स्वयंले नै गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।