काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूत हत्या प्रकरणमा अभिनेत्री रिया चक्रवर्तीको समस्या केही कम हुने नाम निशानासमेत लिइरहेको छैन । पछिल्लो समय आएर नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्री रियालाई लागूऔषध आपूर्ति गरेको आरोप लगाएको छ ।
अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि रिया लगातार चर्चामा छन् । हालै, नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रिया चक्रवर्तीले कयौं पटक गाँजा किनेर सुशान्तलाई दिएकी दाबी गरेको छ । एनसीबीले एनडीपीएस अदालतमा सुशान्त सिंह राजपूतको मृत्युको प्रकरणमा ३५ जना आरोपीविरुद्ध चार्जशीट दायर गरेको थियो ।
उक्त मुद्दाको सुनुवाइ हिजो अर्थात मंगलबार भएको थियो । मिडिया रिपोर्टका अनुसार आरोपपत्रमा रियाका भाइ शौविक चक्रवर्ती ड्रग प्याडलरसँग सम्पर्कमा रहेको बताइएको छ । एनसीबीका अनुसार उनी ड्रग्सको अर्डर गर्थे र त्यसपछि सुशान्तको घरमा ल्याउने गरिन्थ्यो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।