काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कस्ले मर्ने मिति’ गीतको भिडियो रिलिज गरिएको छ । गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सिर्जना रहेको गीतमा नेहर बुढाथोकीको संगीत सिर्जना रहेको छ ।
पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक बिकृतिले बिछोडिएको परिवारको दर्दनाक कथालाई मोडलद्धय प्रिन्स लियो र बिना राउतमार्फत् देखाउन खोजिएको छ ।
परिवार पाल्नका लागि विदेश हानिएका एउटा युवा आफ्नो श्रीमतीले गलत कदम चालेकै भरमा जागिर छाडेर स्वदेश फर्किएर छोराछोरीको हेरचारमा बस्न बाध्य बनेकाहरुको कथामा प्रिन्स र बिनाका अलावा बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय रहेको छ ।
विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् भने भिडियोको छायाङकन प्रकाश खड्काको टिमले गरेको हो । पछिल्लो समयका लोकप्रिय निर्देशक बिक्रम चौहानको निर्देशन रहेको भिडियोको निर्माता समेत मोडल प्रिन्स लियो हुन् ।
रोल्पाको घर्तीगाउँका प्रिन्सले यस्तै बेदानाले भरिएका मर्मस्पर्शी र जीवन्त गीतहरु मात्रै बजारमा ल्याउने गरेका छन् । यसअघि उनका शब्दमा प्रमोद खरेलको स्वरमा रहेको मलाई मारिदिनुको भिडियो बजारमा आएको थियो । प्रिन्स स्वयमकै अभिनय रहेको गीतमा नायिका शिल्पा पोखरेलको पनि अभिनय रहेको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।