काठमाडौं । अधिकांश बलिउड स्टारहरूले आफ्नो कमाईको ठूलो हिस्सा हाउजिङ (घर) र लगानीमा खर्च गर्ने गरेका छन् । पछिल्लो समय कयौं सेलिब्रेटीहरूले आफ्नो सबै सम्पत्ति किन–बेचको काम गर्दै आएका छन् । यसैबीच अभिनेता राजकुमार रावले पनि आफ्नो सम्पत्तिमा ठूलो जोड दिएका छन् ।
अभिनेता राजकुमार रावले आफ्नो लागि विलासी अपार्टमेन्ट किनेका हुन् । चाखलाग्दो कुरा त के छ भने राजकुमारले बलिउड अभिनेत्री जान्हवी कपूरबाट अपार्टमेन्ट (घर) किनेका हुन् ।
राजकुमार रावले आलिशान ट्रिपलेक्स अपार्टमेन्ट किनेका हुन् । राजकुमारले यो अपार्टमेन्ट ४४ करोडमा किनेका हुन् । यो अपार्टमेन्ट मुम्बईको जुहुमा अवस्थित छ । उनले यो अपार्टमेन्ट अभिनेत्री जान्हवी कपुरबाट किनेका हुन् । यस अगापड यस अपार्टमेन्टको मालिक अभिनेत्री जान्हवी कपूर थिइन् । राजकुमार र जान्हवीले फिल्म ‘रुही’ मा सँगै काम गरेका थिए ।
फिल्ममा यी दुईबीच उत्कृष्ट केमेस्ट्री देखिएको थियो । रिपोर्टका अनुसार यो घर किनेपछि राजकुमार निकै खुसी छन् । योसँगै जान्हवीले यसलाई बेचेर करोडौंको मुनाफा पनि कमाएकी बताइएको छ ।
जान्हवीले घर बेचेर कति फाइदा लिइन् ?
जान्हवी कपुर आफैले यो सम्पत्ति आज भन्दा २ वर्ष पहिले किनेकी थिइन् । जान्हवीले यसलाई डिसेम्बर २०२० मा ३९ करोडमा किनेकी थिइन् । यो सम्झौताबाट जान्हवीले ५ करोड रुपैयाँ नाफा कमाएकी छिन् । यो अपार्टमेन्ट ३४५६ वर्ग फिट मा फैलिएको छ । यसको स्क्वायर फुट मूल्य १.२७ लाख रुपैयाँ छ । यो भारतकै सबैभन्दा महँगो सम्झौताहरू मध्ये एक हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।