काठमाडौं । आजको युगमा सामाजिक सञ्जाल प्लेटफर्महरुको कुनै कमी छैन । तपाईं–हामी आ–आफ्नो साथीभाई तथा आफन्तहरुसँग जोडिनका लागि इन्स्टाग्राम, ट्वीटर, फेसबुकमार्फत सजिलै जोडिन सक्छौं । तर केही यस्ता बलिउड सेलिब्रेटीहरू छन् जसले आफ्नो दर्शकहरूसँग जोडिएका लागि आफ्नो छुट्टै युट्युव च्यानलहरु पनि चलाउँदै आएका छन् ।
यसरी आफ्नो दर्शकहरुसँग जोडिनका लागि अभिनेत्री आलिया भट्टदेखि नोरा फतेही र बरुण धवनलगायतले आफ्नो छुट्टै युट्युब च्यानल सफलतापूर्वक सञ्चालन गर्दै आएका छन्, भने उनीहरुले उक्त प्लेटफर्मबाट राम्रो आम्दानी पनि गर्दै आएका छन् ।
आलिया भट्ट
युट्युव सञ्चालन गर्ने सेलिब्रेटीहरुको लिस्टमा अभिनेत्री आलिया भट्ट पनि रहेकी छन् । उनी २०१९ देखि युट्युबमा छिन्, भने उनको १८ लाख सब्सक्राइबर रहेका छन् । आलियाले यो माध्यम कुनै खास उद्देश्यका लागि नभई आफ्ना प्रोजेक्टहरूको प्रमोशनका लागि रोजेकी छन् । जसमा उनले आफ्ना आगामी प्रोजेक्टहरूको बारेमा फ्यान र दर्शकहरूलाई जानकारी दिदै आएकी छन् ।
वरुण धवन
वरुण धवन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनले आफूलाई युट्युबबाट कहिल्यै टाढा राख्न सकेका छैनन् । उनी आफ्नो युट्युब च्यानलमा पनि निकै सक्रिय छन् र समय मिल्ने बित्तिकै आफ्ना भिडियोहरू युट्युवमा अपलोड गर्दै आएका छन् । वरुणले आफ्ना फिल्मसँग सम्बन्धित भिडियो शेयर गरेर दर्शकलाई आफूसँग जोड्ने प्रयास गर्दै आएका छन् ।
शिल्पा शेट्टी
विगत ६ वर्षदेखि शिल्पा शेट्टी युट्युबमा छन् । उनको युट्युबमा आउनुको मुख्य उदेश्यभ भनेकै मानिसहरूलाई स्वास्थ्य र फिटनेसका बारेमा सचेत गराउनु हो । उनी आफै पनि एकदम फिट रहँदै आएकी छन् । आज उनलाई हेर्दा आफ्नो उमेरलाई मुट्ठीमा कैद गर्न सफल भएकी छन् । त्यसैले उनले आफ्नो फिटनेस र डाइट प्लानका भिडियोहरू यहाँ अपलोड गर्दै आएकी छन् ।
नोरा फतेही
नोरा फतेहीले छोटो समयमै सबैको मन जितेकी छन् । उनलाई सामाजिक सञ्जालमा पनि लाखौंले फलो गरेका छन् भने लामो समयदेखि नोरा युट्युब च्यानलमार्फत दर्शकसँग जोडिएकी छन् । नोरा फतेहीले आफ्नो च्यानलमा आफ्नो आगामी प्रोजेक्टसँग सम्बन्धित पर्दा पछाडिका भिडियोहरू, नृत्य अभ्यासहरू, नृत्य भिडियोहरू अपलोड गर्दै आएकी छन् । उनले मानिसहरूलाई राम्रो नृत्य गर्न प्रेरित गर्दै आएकी छन् ।
ज्याकलीन फर्नान्डेज
युट्युबमा ३ वर्षदेखि आवद्ध ज्याकलीन फर्नान्डेजले स्वास्थ्य, फिटनेस, वर्कआउटसँग सम्बन्धित प्रवर्द्धनात्मक सामग्रीका भिडियोहरु आफ्नो युट्युवमा अपलोड गर्दै आएकी छन् । जसलाई मानिसहरुले चासोका साथ हेर्ने गरेका छन् ।
माधुरी दीक्षित
बलिउडकी धक–धक गर्लले कहिले नाच सिकाउछन् त कहिले संगीतको तालमा त कहिले खाना पकाएर आफ्नो कला देखाउदै आएकी छन् । सोही कारण माधुरीका ८ लाखभन्दा बढी ग्राहक छन् । उनको फरक शैलीका कारण उनका फ्यानहरुले उनलाई निकै मन पराउँछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।