काठमाडौं । बलिउड अभिनेत्री विद्या बालन कुशल चरित्रका लागि चिनिन्छन् । विद्या बालनले समयसँगै आफूलाई प्रमाणित गरिसकेकी छन् कि आफूले जुनसुकै फिल्म पनि आँफै चलाउन सक्छन् भनेर । तर, विद्या बालनले यो भने सफलता सजिल्यै प्राप्त गरेकी होइनन् ।
यो सफलता प्राप्त गर्नका लागि उनले कयौं कठिनाइहरुको सामना गरकी छन् । आफ्नो संघर्षका दिनहरू सम्झँदै अभिनेत्रीले एक अन्तर्वार्तामा कसरी आफ्नो हातबाट एकैपटक १२ वटा फिल्म निकालियो र कसरी विद्याले अझै हिम्मत हारेनन् भन्नेबारे खुलासा गरेकी छन् ।
विद्या बालनले सन् २००५ मा फिल्म ‘परिणीता’बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । पहिलो फिल्मबाट नै विद्याले धेरैलाई प्रभाव पारेकी थिइन् । ‘परिणीता’ फिल्मपछि उनी राम्रो कलाकार मानिन थालेकी थिइन् । यद्यपि, अभिनेत्रीले आफ्ना फ्यानहरूलाई अपमानित गरेनन् र एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै गएकी छन् । तर हामीले सोचेको जस्तो त्यो यात्रा विद्याका लागि त्यति सहज थिएन । त्यसोत, अभिनेत्री विद्याको हातबाट एकै पटक १२ वटा फिल्म फुत्किएको थियो ।
अभागीको ट्याग
यो घटना विद्या बालनसँग साउथ फिल्म इन्डस्ट्रीमा काम गर्ने क्रममा भएको थियो । विद्या भन्छिन्, ‘मैले मोहनलाल र एक निर्देशकसँग मलयालम फिल्म गरें । यी दुबैको चर्चित जोडीले सँगै ८ वटा फिल्म गरे र म नवौंमा थिए । तर यो फिल्मको क्रममा दुवैबीच केही गडबड भयो र फिल्म बन्दको दोष म’माथि लगाइयो । त्यसपछि म ‘अभागी’ छु भनेर भनियो ।
त्यसबेला आफ्नो अभिनयको तारिसँगै विद्या बालनलाई १२ वटा फिल्ममा साइन् गराइएको थियो । तर, विद्याले मोहनलालको फिल्म बन्द भएपछि एकपछि अर्को गर्दै १२ वटा प्रोजेक्ट गुमाउनुपरेको थियो ।
उनले भनिन्, मेरो संघर्ष तीन वर्षसम्म चल्यो । तर, यस क्रममा मैले हिम्मत हारिन ।’ फलस्वरुप आज विद्या बालनलाई बलिउडको सबैभन्दा अवार्ड जित्ने नायिकाको रुपमा गनिन्छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।