काठमाडौं । सुकेश चन्द्रशेखर प्रकरणमा अभिनेत्री ज्याकलीन फर्नान्डेजको कठिनाइ फेरि बढ्न थालेको छ । अभिनेत्री ज्याकलीनलाई प्रवर्तन निर्देशनालय (ईडी)ले अभियुक्त बनाएको छ । यो मुद्दा २१५ करोड रूपैयाँ फिरौतीसँग सम्बन्धित रहेको छ ।
ईडीले सुकेश चन्द्रशेखरसँग कथित सम्बन्धको बारेमा धेरै पटक ज्याकलीन फर्नान्डेजसँग पनि सोधपुछ गरिसकेको छ । हालै मात्र, ईडीले उनको १२ लाखको एफडी पनि संलग्न (अट्याच) गरेको थियो ।
ज्याकलीनले यस मुद्दामा साक्षीको रुपमा आफ्नो बयान रेकर्ड गरिसकेकी छन् । गत वर्षको डिसेम्बरमा यस मुद्दाको पहिलो आरोपपत्र अतिरिक्त सत्र न्यायाधीश प्रवीण सिंहको अदालतमा दायर गरिएको थियो । यस वर्ष फेब्रअरीमा ईडीले पिंकी इरानीविरुद्ध पूरक आरोप पत्र दायर गरेको थियो ।
पिंकीले सुकेशलाई ज्याकलीनसँग परिचय गराएकी थिइन् । पिंकी इरानी ज्याकलीनका लागि महँगो उपहार मन पराउने गर्थिन् र सुकेशले मूल्य तिर्दा ज्याकलीनलाई दिने गर्दथिन् भन्ने आरोप छ । सुकेशले धेरै मोडल र अभिनेत्रीका लागि करिब २० करोड खर्च गरेका थिए । कतिपयले उनको उपहार अस्वीकार पनि गरेका थिए ।
चन्द्रशेखरसँग संलग्न रहेको २०० करोड रुपैयाँको मनी लान्ड्रिङ केसमा ईडीले अप्रिलमा ज्याकलीनलाई दिएको ७ करोड रुपैयाँको उपहार र सम्पत्ति जोडेको थियो । ईडीले खुलासा गरे अनुसार सुकेश चन्द्रशेखरले कथित रूपमा आफ्नो सहयोगी पिंकी इरानीमार्फत् बलिउड अभिनेत्री भूमि पेडनेकर, सारा अली खान र जान्हवी कपूरलाई प्रभाव पार्ने प्रयास गरेका थिए ।
ईडी स्रोतहरूका अनुसार पिंकी इरानीले सुकेशसँग परिचय गराउन केही अभिनेत्रीहरूलाई तिहाडमा लगेका थिए, तर उक्त अभिनेत्रीहरूको पहिचान भने खुलाइएको छैन । पिंकी प्रायः अभिनेत्रीहरुसँग भेटघाट गर्थिन् । उनले आफ्नो नाम परी भएको बताउथिन् ।
वास्तवमा ईडीले सुकेश चन्द्रशेखर, उनकी पत्नी लीना मारिया पल र अन्य ६ जनाविरुद्ध २०० करोडको मनी लान्ड्रिंग मुद्दामा आरोपपत्र दायर गरेको थियो । ईडीले सुकेश जब तिहाड जेलमा थिए, उनले शिविन्दर सिंह र मलविन्दर सिंह, रैनब्याक्सीका पूर्व प्रवर्तकहरूलाई जेलबाट बाहिर निकाल्ने बहाना बनाएका थिए, भन्ने आरोप छ ।
उनले आफूलाई कहिले पीएमओ, कहिले गृहमन्त्रालयसँग सम्बद्ध अधिकारीको रूपमा वर्णन गर्ने गर्दथे । त्यसपछि सुकेशविरुद्ध मुद्दा दर्ता भएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।