काठमाडौं । ट्रेबल फेसन कन्सर्नको आयोजनामा ‘लिटिल आइडल नेपाल – २०२२’ को चौथो संस्करणको ग्राण्ड फिनाले सम्पन्न भएको छ ।
विशिष्ट कलाकारहरुको उपस्थितिमा सम्पन्न फिनालेमा साम्राज्ञी आर एल राना नियर बिजेता बनिन् । त्यस्तै साम्राज्ञी विष्ट जुनियरको बिजेता बनेकी छन् भने पाल्जोर गुरुङ बिजेता बनेकी थिइन् ।
त्यस्तैगरी फर्स्ट रनर अप प्रिन्सेस घिसिङ र विसान्क कार्की, सेकेण्ड रनर अप सुवाङ्गी बस्नेत र उत्सव रसाईली बनेका छन् ।
सबटाइटल बिजेता अन्तर्गत विनर भियुअर च्वाइस साम्राज्ञी विष्ट, विनर फेसबुक र मोस्ट पपुलर अवार्ड छिरिङ्ग वङचुक शेर्पा, बेस्ट क्याटवक एलिना गिरी र विसान्क कार्की, बेस्ट ड्रेस साम्राज्ञी विष्ट र पाल्जोर गुरुङ, बेस्ट फोटो जेनिक नेमेसिस बस्नेत र छिरिङ्ग वङचुक शेर्पा, बेस्ट ट्यालेन्ट सुवान्ङगी बस्नेत र उत्सव रसाइली, बेस्ट डिसिपिलेन नेमेसिस बस्नेत र अनुस्कृत खड्का थिए ।
कार्यक्रमको प्रमुख निर्णायकमा नायिका तथा मोडल शुष्मा अधिकारी, मोडल मनिष शाक्य, ग्लोबल नेपालका अध्यक्ष डेबिल सिंह राजपुत, फोटोग्राफर सन्देश प्रजापति, सौन्दर्यकर्मी शान्ती लिम्बु, ड्रेस डिजाईनर बिमला लामा रहेका थिए ।
कार्यक्रममा गायक सिद्धान्त सिंह खड्का, गायक कुर्बान अली खान, गायक दोर्जे लामा, डान्सर रोसिका राउत, डान्सर अशिका थामी, डान्सर गरिमा गिरी, से हो डान्स स्टुडियोबाट बेनिक्स मगर, सरोज साम्पाङ राई, आभाष बिष्ट, सुदिप चौधरी, बाल गायिका सिल्भिया प्रजापती, डान्सर सञ्जु न्यौपाने विशेष प्रस्तुति रहेको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।