काठमाडौं । महानायक राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभइ व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताएका छन् । शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महानायक हमालले कतिपय ठाउँमा पुस्तकमा आफूसँग मेल नखाने परिवेश र सोचाई हुने भन्दै पुस्तकमा व्यक्त गरिएको शब्दको भावनामा डुबेर पुस्तक अध्ययन गर्न सुझाव दिए । उनले कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको पुस्तकले आफ्नै भावना र सोच बुझ्न मद्दत पु¥याउने बताए ।
महानायक हमालले पुस्तकमा अध्यताले आफ्नै सोच, आफ्नै परिवेश जस्तो खोज्न बेकार रहको बताए । हरेक राम्रा पुस्तकले आफ्ना अनुभवलाई बढाएर हेर्नेकुरामा जोड दिने गरेको बताए ।
उनले भने, ‘पुस्तक पढ्दा यथार्थ र वास्तविकता खोज्ने होइन, त्यसको भावना के हो त्यो बुझ्नुपर्छ । कतिपय ठाउँमा पुस्तकमा तपाईको परिवेश भन्दा अलग्गै परिवेश पनि हुनसक्छ । सोचाई फरक हुनसक्छ । तर कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको छ भने आफ्नै भावना र सोच बुझ्न मद्दत गर्छ ।’
उनले थपे, ‘पुस्तकमा हामीले आफ्नै सोच, आफ्नै परिवेश जस्तो खोज्न पनि बेकार छ । तर पुस्तकमा दर्शाइएको सोच र परिवेशले आफ्नै सोच र परिवेशलाई बुझ्ने मद्दत दिलायो वा दिलाएन त्यसमा भर पर्छ । आफ्नै अनुभवलाई बढाएर हेर्नेकुरा दिलायो कि दिलाएन ? भन्ने ठूलो कुरा हो ।’
महानायक हमालले पुस्तक बाआमाले आफ्नो जीवनकालका हरेक अनुभवलाई पुनः स्मरण गराएको बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।