काठमाडौं । सारङ्गी बादक हेमन्त कान्छा रसाइलीले बेलायतमा एकल सारङ्गी साँझको आयोजना गर्ने भएका छन् । विगत ४ महिनादेखि बेलायतमा नै रहेर लगातार सांगीतिक कार्यक्रममा ब्यस्त रहेका गायक तथा सारङ्गी बादक रसाइलीको सारङ्गी साँझ सेप्टेम्बर १० तारिख शनिबार दिन अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ ।
जसको तयारी समेत अन्तिम चरणमा पुगेको हेमन्तले जानकारी दिए । मन ट्राभलको आयोजनामा हुन लागेको सारङ्गी साँझमा उनले आँफूले अहिलेसम्म गाएका गीतहरुमा दिएका धुन र उनले भरेका १२ हजार गीतमध्ये सबैभन्दा चल्तिका सारङ्गीको धुन समेत सारङ्गी साँझमा सुनाउने छन् ।
४ दर्जन भन्दा बढी गीतहरूमा आवाज सङ्गै सङ्गीत रचना उनी आफ्नो कला मार्फत विभिन्न सारङ्गीको धुन र गीत मार्फत बेलायतबासीलाई मनोरञ्जन दिने तयारीमा जुटिरहेका छन् । उनी गाएक मात्र नभई सारङ्गी बादक भएको नाताले आफ्नो चलिरहेको कार्यक्रम सारङ्गी सङ्ग चर्चित कार्यक्रम छायङ्कन सङ्गै आफू र सङ्गै आएका गायिका विमला श्रीष र गीता पाइजा मगरको पनि प्रस्तुति रहनेछ ।
उनले गाएका बालापन, भाग्यमानी, किन होला खै, लाहुर, फुल रोको कस्ले देख्छर, कर्मै हाराको, रेलको ढोका बन लागायत झलक मान गन्धर्वको सम्झनामा हे बरै जस्ता कालजयी गीतहरु गुन्जएमान हुने र कार्यक्रमको अन्तिम चरणमा बिमला र हेमन्तले लाइभ दोहोरी गाई सबै दर्शकलाई नचाउने कार्यक्रम समेत रहेको उनले बताए ।
नेपाली लोक भाका र सारङ्गीको संरक्षण र सम्बर्द्धनमा अहोरात खटिरहेका हेमन्तले सबै बेलायत बासिलाइ उक्त कार्यक्रममा सहभागी भै नेपाली बाजा सारङ्गी लाई प्रोत्साहन गर्दिन हुन अनुरोध गरेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका–४ चिउरीबोट मठ्ठ डाँडामा जन्मिएका हेमन्तले यस कार्यक्रम गर्नुको विषेश उदेश्य भनेकै सारङ्गीको संरक्षण भएको बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।