काठमाडौं । बलिउड अभिनेत्री कृति सेनन र साउथका सुपरस्टार प्रभासको नाम अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । निर्माता–निर्देशक करण जोहरको शो ‘कफी विथ करण’मा अभिनेत्री कृतिले सुपरस्टार प्रभासलाई कल गरेकी थिइन् । योसँगै सोसल मिडियामा कृति र प्रभाषको अफेयरको चर्चा सुरु भएको हो ।
त्यसयता कृति र प्रभासको अफेयरको चर्चा जताततै भइरहेको छ । उनीहरुका फ्यानहरू पनि नयाँ हट जोडीलाई सँगै हेर्न निकै आतुर देखिएका छन् । कृति र प्रभास फिल्म ‘आदिपुरुष’मा सँगै देखिने भएका छन् ।
बलिउड लाइफको रिपोर्ट अनुसार ‘आदिपुरुष’ को सेटमा पहिलो दिनदेखि नै कृति सेनन र प्रभासबीच निकै राम्रो बन्धन थियो । रिपोर्टका अनुसार प्रभास निकै लजालु भएतापनि कृति सेननसँग भने निकै खुलेर कुरा गर्ने गरेका छन् ।
पछिल्लो समय यो जोडी एक–अर्कासँग कुराकानीमा निकै व्यस्त छन् । कृति र प्रभासको मित्रता निकै खास रहेको बताइएको छ । कृति सेनन र प्रभास आफ्नो सम्बन्धलाई संसारमा प्रकट गर्न थप समय लिन चाहेका छन् । मिडिया रिपोर्टका अनुसार प्रभास र कृतिलाई सेटमा एकअर्कासँग समय बिताउन मन पथ्र्यो ।
यसैबीच, ‘आदिपुरुष’ को सुटिङ एक महिनाअघि सकिएपनि उनीहरुको सम्बन्ध कायमै छ । कृति र प्रभासले एक–अर्कालाई फोन र म्यासेज गरिरहन्छन् । दुवैलाई एकअर्काप्रति गहिरो भावना रहेको बताइएको छ ।
प्रभास र कृति सेननको नयाँ जोडीलाई ठूलो पर्दामा हेर्न पाउनु फ्यानका लागि निकै रोमाञ्चक हुनेछ । मिडिया रिपोर्टका अनुसार ‘आदिपुरुष’ मा प्रभासले ‘राम’ र कृति ‘सीता’को भूमिका निभाएका छन् । दुबैको अनस्क्रिन केमेस्ट्रीले बक्स अफिसमा धुम मच्चाउने आँकलन गरिएको छ । यो फिल्म आगामी वर्ष अर्थात् जनवरी २०२३ मा हलमा रिलिज हुँदैछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।