काठमाडौं । गायिका रानी शाक्यको नयाँ गीत ‘म गुनासो के को गरु’ को म्युजिक सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच बरिस्ठ सञ्चारकर्मी रमा सिंह तथा कलाकारद्वय धिरेन शाक्य र उषा खड्गीको उपस्थितिमा भिडियो सार्वजनिक गरिएको हो ।
गीतकार राजेश शाक्यको शब्द रचना र कल्याण सिंहको संगीत रहेको गीतमा गीतकार शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गर्ने काम गरेका छन् ।
गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सफल नायक धिरेन शाक्य पूर्व मिस नेपाल उषा खड्गीको अभिनय रहेको छ । पछिल्लो समयका ब्यस्त युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा धिरेनसँग बिताएका पलहरु संझिएर उषाले आँशु बगाएको देख्न सकिन्छ ।
भिडियोमा उत्तम हुमागाँइको सिनेमाटोग्राफी, माधव वेलवासेको सम्पादन छ । एकपछि अर्को गीत दर्शक तथा श्रोतामाझ दिएर नेपाली गीतसंगीतको क्षेत्रमा दर्शकमाझ राम्रोसँग परिचित बनिसकेकी गायिका रानी शाक्यले निरन्तर गीतसंगीतलाई माया गरिरहेकी छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।