काठमाडौं । बलिउडकी बरिष्ठ अभिनेत्री आशा पारेखलाई ‘दादासाहेब फाल्के अवार्ड’बाट सम्मानित गरिने भएको छ । फिल्म जगतमा उनको अतुलनीय योगदानको सम्मान गर्दै उनलाई यो अवार्ड दिन लागिएको हो ।
आशा पारेखले आफ्नो फिल्मी करियरमा धेरै उत्कृष्ट फिल्महरू गरेकी छन् जसले बलिउडलाई नयाँ आयाममा पुर्याएको छ । दादासाहेब फाल्के अवार्ड ‘फादर अफ इन्डियन सिनेमा’ भनेर चिनिने दादासाहेब फाल्केको नाममा हरेक वर्ष दिने गरिन्छ । गत वर्ष यो अवार्ड रजनीकान्तलाई दिइएको थियो भने यस वर्ष यो अवार्ड आशा पारेखलाई दिन लागिएको हो ।
केन्द्रीय मन्त्रीले दिए जानकारी
समाचार एजेन्सी एएनआईले केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई उद्धृत गर्दै दादासाहेब फाल्के अवार्ड यस वर्ष प्रसिद्ध अभिनेत्री आशा पारेखलाई दिइने जनाएको छ । उनले फिल्म क्षेत्रमा गरेको सेवाका लागि सन् १९९२ मा भारत सरकारले पद्मश्री सम्मान पनि पाएकी थिइन् ।
आशा पारेखलाई हिन्दी फिल्मको इतिहासमा सबैभन्दा प्रभावशाली अभिनेत्री मानिन्छ । पारेखको फिल्मी करियर सन् १९६० र १९७० को दशकको बीचमा उचाइमा पुगेको थियो । आशा पारेखले बाल कलाकारको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन् र उनलाई फिल्म निर्माता विमल रोयले फिल्म ‘माँ’ (१९५२) मा अभिनय गरेकी थिइन् । त्यतिखेर उनी १० वर्षकी थिइन् । केही फिल्महरूपछि, उनले आफ्नो पढाइ पूरा गर्न ब्रेक लिएकी थिइन् । त्यसपछि पुनः उनी मुख्य अभिनेत्रीको रूपमा फर्किएकी थिइन् ।
मुख्य अभिनेत्रीको रूपमा उनको पहिलो फिल्म ‘दिल देके देखो’ (१९५९) थियो । नासिर हुसैनले निर्देशन गरेको यो फिल्ममा उनीसँगै शम्मी कपूर पनि थिए ।
यी हुन् आशाकी हिट फिल्म
आशा र हुसैनले सँगै धेरै हिट फिल्म दिएका छन् । ‘जब प्यार किसी से होता है’ (१९६१), ‘फिर वही दिल लाया हूं’ (१९६३), ‘तीसरी मंजिल’ (१९६६), ‘बहारों के सपने’ (१९६७) ‘द सिजन अफ लभ’ (१९६९), ‘कारभान’ (१९७१), राज खोसलाको ‘दो बदन’ (१९६६) ‘चिराग’, (१९६९), ‘मै तुलसी तेरे आंगन की’ (१९७८) र शक्ति सामन्तको ‘कटी पतंग’बाट उनको छवि परिवर्तन भएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।