बुशान । किरात याक्थुङ चुम्लुङ बुशान शाखा दक्षिण कोरियाले अक्टोबर १६ मा नेपाली चलचित्र ‘प्रेमगीत–३’ को विशेष प्रदर्शनी गर्ने भएको छ ।
चलचित्र दक्षिण कोरियाको ‘खिमे गाया थेहाक्यो’मा विशेष प्रदर्शनी गर्न लागिएको किरात याक्थुङ चुम्लुङ बुशान शाखा दक्षिण कोरियाका अध्यक्ष सन्जोग कन्दङ्वाले बताउनुभयो ।
‘सेल्टर आवास गृह सञ्चालन सहयोगार्थ चलचित्र ‘प्रेमगीत–३’ एक दिनको विशेष प्रदर्शनीमा ल्याउने तयारी गरिरहेका छौँ, ,’ अध्यक्ष कन्दङ्वाले भन्नुयो ।
केही एकसाता अघि नेपाल, भारतसहित विश्वभर प्रदर्शनमा आएको चलचित्र प्रेमगीत–३ का लागि चुम्लुङले २५०० वन शुल्क निर्धारण गरेको छ ।
चलचित्र प्रदर्शन हुने स्थान किम्हे सिजाङ (सिन्हान बैँक) (1 59-1, 59-1A, 59-1B) स्टेशनबाट बसबाट करिब १५ मिनेटको दुरीमा र लाइट ट्रेनबाट ‘गाय थेहाक्यो’ ओर्लेर पैदल पनि हिड्न सकिने जनाइएको छ । चुम्लुङ शाखा अध्यक्ष कन्दङ्वाले चलचित्र हेर्न सम्पूर्णमा आग्रह गर्नु भएकाे छ ।
सेल्टर आवास गृहले विगत ४ वर्षदेखि दक्षिण कोरियामा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।