काठमाडौँ । गायक राजेन्द्र बुढाथोकीको पछिल्लो सांगितिक कोशेली ‘आफै कुरो बुझ मायाले’ बजारमा आएको छ । त्रिमुर्ति इन्टरटेन्मेन्टको प्रस्तुती रहेको सो गीत आइतबार साँझ युटुव च्यानलमार्फत रिलिज भएको हो ।
आफ्नो पछिल्लो गीत बजारमा आए पछि गायक बुढाथोकीले आफु सांगितिक यात्राको चौथो खुड्किलो चढेको प्रतिकृया दिए । फेसबुकमार्फत सबैलाई धन्यवाद दिँदै उनले भनेका छन्, ‘मलाई निरन्तर संगीत क्षेत्रमा लाग्न प्रेरित गर्ने तपाई दर्शक स्रोताप्रति म कृतज्ञ छु । तपाईहरुको अपार मायाकै कारण मलाई सांगीतिक यात्रामा निरन्तर अघि बढ्ने हौसला मिलेको छ । त्यही हौसलाको उपज नै भन्नु पर्छ, आज चौथोे गीत ‘आफै कुरो बुझ मायाले’ बजारमा ल्याउन सफल भएको छु । आशा छ, पहिलेका गीतहरुजस्तै यो गीतलाई पनि मन पराइदिनु हुनेछ ।’
यसअघि गायक बुढाथोकीका तीनवटा गीत ‘टालाटुली बटुली’, ‘भन्नुहुन्थ्यो बा’ले’, ‘सुगर फ्रि भर्सेज रसबरी’ चर्चाको शिशखरमा थिए । अघिल्ला गीतको चर्चा र सफलताकै कारण यो गीत बजारमा ल्याउन प्रेरणा मिलेको गायक बुढाथोकीको भनाई छ ।
यो गीतमा लोकराज अधिकारीको शब्द र संगीत रहेको छ । गीतमा गायक बुढाथोकीसंगै अहिलेकी चर्चित गायिक रचना रिमालको समेत स्वर सुन्न सकिन्छ । दिपक शर्माले संगीत निर्देशन गरेको उक्त गीतको पुरुषोत्तम सुबेदीले एरेन्ज गरेका हुन भने उत्तम श्रेष्ठले निर्देशन गरेका हुन् । नरेश बिसीले रेकर्ड गरेको उक्त गीतको भिडियोमा अमर दाहाल, अमृत दाहाल, समिप निरौला, आभा थापा र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।
गीतले मान्छेमा हुने असमझदारीका कारण निम्तिने समस्यालाई उजागर गरेको छ । त्यसैले पनि यो गीतले समाजको यथार्थलाई प्रस्तुत गरेको गायक बुढाथोकीले बताए । हाल बेलायतको लण्डनमा रहेका गायक बुढाथोकीले यो गीतमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका आफ्ना सहकर्मीलाई धन्यवाद दिँदै भने, ‘तपाईहरुको साथ, सहयोग, सद्भाव र माया बिर्सेको छैन । तपाईहरुसंग अझै धेरै काम गर्नु छ । नेपाल आएपछि भेटेर भलाकुसारी गरौँला । पूनः सबैलाई धन्यवाद छ ।’
यो गीत पछि अर्को गीतको पनि तयारी भइरहेको उनको भनाई छ ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।