काठमाडौं । लामो समयदेखि रिलेशनसीपमा रहेका अभिनेता सलोन बस्नेत र करिश्मा केसी वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।
दुवैतर्फको पारिवारिक सहमतिमा सलोन र करिश्मा आगामी मंसिर १२ गते वैवाहिक जीवनमा बाँधिने भएका हुन् ।
३१ वर्षीय अभिनेता सलोन बस्नेत र २४ वर्षीया करिश्मा विगत ४ वर्षदेखि रिलेशनसीपमा छन् । पेशाले करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस हुन् । परम्परा अनुसार उनीहरुको विवाह हुने जानकारी गराइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।