काठमाडौं । ६० भन्दा बढी गीत लेखिसकेका गीतकार किशोर चाम्लिङ राईको ‘वनकी चरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आयुष्मा राईले स्वर भरेको उक्त गीतको म्यूजिक भिडियो शुक्रबार टाइमलाइन टीभीमार्फत् सार्वजनिक गरिएको हो ।
वनकी चरीको स्टुडियो भर्सन पहिले नै युट्वमा सार्वजनिक गरिएको थियो । स्टुडियो भर्सनको गीत सार्वजनिक भएपछि गीतलाई दर्शक श्रोताहरुले अत्यधिक रुचाएपछि म्यूजिक भिडियो बनाइएको गीतकार राईले बताए ।
विशेषगरी पूर्वेली भाकामा गाइने गीतलाई सालको पातबाट टपरी बुनेजसरी गीत लेख्छन् । गीतकार राईको पछिल्लो गीत ‘सोमबारे हाटैमा’ले दर्शकको मन खुबै जित्न सफल भएको छ ।
सानैदेखि गीत संगीतमा रुचि राख्दै आएकी आयुष्माको यो दोस्रो म्युजिक भिडियो हो । पहिलो म्युजिक भिडियो ‘नेपालकी छोरी’ बाटै दर्शकको ध्यान खिच्न सफल भएकी आयुष्मा हाल टाइमलाइन स्कुलमा कक्षा १० मा अध्ययनरत छिन् ।
सांगीतिक पृष्ठभूमीमा जन्मिएर हुर्र्किएकी आयुष्माको पुख्र्यौली घर खोटाङ हो भने अहिले काठमाडौंको पुरानो बानेश्वरमा बस्दै आएकी छन् । आयुष्मा गीतसँगै स्टेजमा कविता पनि वाचन गर्छिन् । उनले स्टेजमा गाएका सांगीतिक प्रस्तुतिहरु करोड क्लवमा छन् । साथै, आयुष्माले थुप्रै बालगीतहरु पनि गाइसकेकी छन् ।
‘वनकी चरी’ अघि गीतकार राईकै रचना रहेको ‘नेपालकी छोरी’ गीतमा पनि आयुष्माले नै स्वर भरेकी हुन् । जुन गीत र म्युजिक भिडियो दर्शकले अत्यधिक रुचाएका छन् ।
एउटी बालिका बाल्यकालबाट यौवनतर्फ प्रवेश गर्दै गरेको अवस्थामा र उनीसँग भावनाका पोकाहरु गुटमुटीरहेको अवस्थालाई मध्यनजर गर्दै गीतकार राईले उनलाई ‘वनकी चरी’ भनेर भनेका छन् । ‘वनकी चरी’ भिडियोमा गायिकाले कोहीसँग पिरती नलाउने कुरा गर्छिन् तर, दुई युवक उनको पछि लाग्न छाड्दैनन् । युवकहरु आफ्नो पछि लाग्न नछाडेपछि रित पुर्याएर घरमै माग्न आउनु भन्छिन् ।
विशेषगरी राई समुदायमा छोरीचेली माग्नु आउँदा रीति पुर्याएर मात्र माग्ने चलन छ र उमेरको ख्याल गरिन्छ । गीतकार राईले यस गीतमार्फत् भर्खंरै १६ पुगेर १७ लागेकी छोरीलाई आमाबुवाले सानै उमेरमा विवाह गरेर पठाउनु हुन्न भन्ने सन्देशसमेत दिन खोजेका छन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।