काठमाडौं । अभिनेता विपिन कार्की मुम्बई पुगेका छन् । बलिउड फिल्म ‘एनिमल’को लागि अभिनेता विपिन सोमबार मुम्बई पुगेका हुन् । अभिनेता कार्की करिब एक महिना मुम्बई र दिल्लीमा रहने भएका छन् । जानकारी अनुसार अभिनेता विपिनको २८ दिने छायाङ्कन सेड्युल रहेको रहेको छ ।
नेपाली फिल्म ‘के घर के डेरा’को प्रचार–प्रसारमा समय दिनुपर्ने भएकाले अभिनेता विपिनको बलिउड डेब्यू फिल्म ‘एनिमल’ सेड्युल १० दिन ढिलो भएको बताइएको छ । अभिनेता विपिन आफ्नो बलिउड डेब्युलाई लिएर निकै उत्साहित छन् ।
‘कवीर सिंह’का निर्देशक सन्दिप रेड्डी भांगाको निर्देशनमा बन्दै गरेको ‘एनिमल’मा विपिन पनि खलपात्रमध्येकै एक चरित्रमा देखिन लागेका हुन् । यो फिल्ममा रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्दानालगायतको मुख्य भूमिका रहनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।