काठमाडौं । नेपाली फिल्म ‘डेसान’ देशभर प्रदर्शनमा आएको छ । फिल्म शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो । शुक्रवार साँझ दर्शकहरुसँगै फिल्म हेरिसकेपछि कलाकारहरुले दर्शकहरुबाट राम्रो माया पाएको बताए ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री नम्रता सापकोटाले फिल्ममा नराम्रो कुराहरु चाँडै फैलिन्छ, महामारी जस्ता नराम्रा कुराहरु चाँडै फैलिने भन्नेकुरालाई चलचित्रमा देखाइएको बताइन् ।
उनले फिल्ममा आफूले भाइरसको रोल खेलेको बताइन् । फिल्ममा एक महिलाले घर बनाउन पनि सक्छ चाहेमा घर भत्काउन पनि सक्छ भन्ने कुरालाई देखाइएको बताइन् । ग्लामर आफ्नो ठाउँमा भएपनि आफूलाई अभिनय गर्दा मजा लाग्ने बताइन् ।
उनले फिल्मको कथाले अन्तिमसम्म नै के हुन्छ भन्ने कौतुहलता हुने बताइन् । कमल एक्चै मगर निर्देशित फिल्ममा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय छ ।
फिल्मको मुख्य भूमिकामा रहेका निशान र पुनमको यो डेब्यु फिल्म हो । फिल्ममा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । पर्फर्मिङ आर्ट क्रिएशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउँचा मगरले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो ।
चक्रबहादुर महर्जनले खिचेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गरेको हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।